सोमबार, माघ १४ गते २०८१     १० : २९ : २९
सोमबार, माघ १४ २०८१
images
images

यती समूहका अध्यक्ष सोनाम शेर्पाको आत्मकथा 'हिम्बु' पहिलो सगरमाथा आरोहण दलका कान्छा शेर्पाबाट लोकार्पण

images
सोमबार, फागुन १४ २०८०
images
images
यती समूहका अध्यक्ष सोनाम शेर्पाको आत्मकथा 'हिम्बु' पहिलो सगरमाथा आरोहण दलका कान्छा शेर्पाबाट लोकार्पण

यति समूहका अध्यक्ष, पर्यटन व्यवसायी तथा पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाको आत्मकथा ‘हिम्बु’ आइतबार लोकार्पण भएको छ।

images
images

काठमाडौं- यति समूहका अध्यक्ष, पर्यटन व्यवसायी तथा पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाको आत्मकथा ‘हिम्बु’ आइतबार लोकार्पण भएको छ। सास ट्रष्टले पुस्तक प्रकाशन गरेको हो। पुस्तकको सम्पादन साहित्यकार युवराज नयाँघरेले गरेका हुन्। 

images
images
images

पुस्तकमा विभिन्न ३३ वटा शीर्षकमा लेखक सोनाम शेर्पाका जीवनीमा आधारित विविध संस्मरणहरू प्रकाशित छन्। उनले नेपालको पर्यटन क्षेत्रमा बिताएका ५० वर्षको अवधिमा भोग्नुपरेका उतारचढावलाई पुस्तकमा प्रस्तुत गरिएको छ।

images

हिम्बुको अर्थ हिमालको छोरो भन्ने हो। पुस्तक सार्वजनिक गर्दा हिम्बु नाम भएपनि यो पुस्तकको सुरुवाती नाम घामछाया थियो। शेर्पाले पुस्तकको ड्राफ्ट सगरमाथाको चुचुरोमा समेत पुर्‍याएका थिए। 

images
images
images

किताबमा एउटा मेसबाट काम सुरु गरेको शेर्पा अहिलेको यति समूहको अध्यक्षसम्म कसरी बने निकै प्रेरणादायी प्रसंगहरू रहेको पर्यटन व्यवसायी योगेन्द्र शाक्यले बताए।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको सगरमाथा आरोहण अभियानका एकमात्रै जीवित सदस्य कान्छा शेर्पाले पुस्तक विमोचन गरे। 

कान्छासहितले लोकार्पण गरेको उक्त पुस्तकका बारेमा सम्पादक नयाँघरे, प्राध्यापक महेश पौडेललगायतले चर्चा गरेका थिए।

सन् १९८७ मा थामसेर्कु हिमाल चढेर आरोहण थालेको सोनाम शेर्पाले गत वर्ष सगरमाथासहित विश्वका सात महादेशका सात अग्ला चुचुराको आरोहण सेभेन समिट गरेर किर्तिमान कायम गरेका छन्। उनी सेभेन समिट गर्ने पहिलो नेपाली हुन्।

शेर्पाले आगामी दिन सास ट्रष्टमार्फत सामाजिक सेवामा काम गर्ने बताएका छन्। हिम्बु किताब बिक्रीबाट संकलित रकम सास ट्रष्टमार्फत नै आफ्नो जन्मगाउँको संस्था ह्यम्बु ठमिछो किदुक खरिखोला सोलुखुम्बु, डोल्पाको त्रिपुरा सुन्दरी मन्द्यिर,घुन्सा फाउन्डेसनलाई एक एक लाखको दरले प्रदान गर्ने घोषणा समेत गरेका छन्।

हिम नेपाली र संस्कृत शब्द र बु शेर्पा शब्द मिलाएर किताबको नाम हिम्बु राखिएको हो। किताबमा एउटा भरिया शेर्पा अहिलेको यति समूहको अध्यक्षसम्म कसरी बने निकै प्रेरणादायी प्रसंगहरू रहेको पर्यटन व्यवसायी योगेन्द्र शाक्यले बताए।


प्रकाशित : सोमबार, फागुन १४ २०८०१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend