बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

प्रति एकहजार जनामा : ८६० अमेरिकी, २२३ चिनियाँ र ३३ भारतीयसँग आफ्नै सवारी

नेपालमा कति जनासँग छ आफ्नै कार?

images
सोमबार, फागुन १४ २०८०
images
images
प्रति एकहजार जनामा : ८६० अमेरिकी, २२३ चिनियाँ र ३३ भारतीयसँग आफ्नै सवारी

प्रति एकहजार जनामा सबैभन्दा धेरै निजी सवारी हुने नागरिक भएको देशमा न्युजिल्यान्ड हो। प्रति एकहजार जनामा ८ सय ६९ जना न्युजिल्यान्डी नागरिकसँग आफ्नै कार छ।

images
images

काठमाडौं- मोबिलिटीसँगै चारपांग्रे सवारी व्यक्तिगत प्रतिष्ठासँग पनि जोडिन्छ। विकसित विश्वमा कारजस्ता सवारीलाई प्रतिष्ठाकै रुपमा लिइन्छ भने नेपाल तथा भारतजस्ता तेस्रो विश्वका देशहरूमा त अझ त्योभन्दा माथिल्लो रुपमा हेरिन्छ। 

images
images
images

आम मानिसको जीवनस्तर उकासिँदै जाँदा सवारीको उपयोग बढ्दै जान्छ। विकसित पहिलो विश्वमा दुईपांग्रेको प्रयोग न्यून हुँदै गएको र शोखका रुपमा प्रयोग गर्नेहरू बढ्दै गएका छन्। तर तेस्रो विश्वमा भने निजी कार चढ्न सक्नेको संख्या न्यून हुँदा मोटरसाइकल तथा स्कुटरको बिक्री ठूलो संख्यामा हुने गरेको छ। 

images

सबैभन्दा धेरै निजी सवारी कुन देशका नागरिकसँग होला? धेरैलाई चासोको विषय हुनसक्छ। २०२० को तथ्यांकअनुसार अमेरिकामा २८ करोड ९० लाख सवारीसाधन थिए। यो संख्या विश्वभर रहेका सवारीमध्ये १८ प्रतिशत हो। यो तथ्यांक भिजुअल क्यापिटालिस्टले इन्टरनेसनल अर्गनाइजेसन अफ मोटर भेहिकल म्यानुफ्याक्चरर्स (ओआईसीए)बाट लिएर लेखेको हो। सबैभन्दा धेरै कारको स्वामित्व भएका नागरिक भएका देशमध्ये अमेरिका अग्रस्थानमा भएपनि पहिलो भने होइन। 

images
images
images

प्रति एकहजार जनामा सबैभन्दा धेरै निजी सवारी हुने नागरिक भएको देशमा न्युजिल्यान्ड हो। प्रति एकहजार जनामा ८ सय ६९ जना न्युजिल्यान्डी नागरिकसँग आफ्नै कार छ। २०१५ देखि २०२० सम्मको अवधिमा निजी कार हुने दर न्युजिल्यान्डमा वार्षिक ३ प्रतिशतले वृद्धि भएको थियो। 

धेरै कार स्वामित्व हुने नागरिक भएको देशको सूचीमा दोस्रो स्थानमा अमेरिका रहेको छ। प्रति एकहजार अमेरिकीमा ८ सय ६० जनासँगै आफ्नै कार छ भने २०१५ देखि २०२० को अवधिमा निजी कारको स्वामित्व वृद्धिदर २ प्रतिशत रहेको थियो। 

त्यस्तै धेरै निजी कार भएका नागरिकहरू पोल्यान्डमा छन्। पोल्यान्डमा एकहजार जनामा ७ सय ६१ जनासँग आफ्नै कार छ भने २०१५ देखि २०२० सम्ममा कार स्वाभित्व हुनेको दर ४ प्रतिशतले बढेको हो। 

पोल्यान्डपछि धेरै कार हुने नागरिक भएको देशमा इटाली छ र त्यहाँ एक हजार जनामा ७ सयि ५६ जनासँग कार छ। यसैगरी अस्ट्रेलियामा ७ सय ३७, क्यानाडामा ७ सय ७, फ्रान्समा ७ सय ४, चेक रिपब्लिकमा ६ सय ५८, पोर्चुगलमा ६ सय ४० जना र नर्वेमा ६ सय ३५ जनासँग आफ्नै कार छ। 

साथै प्रति एकहजार जनामा बेलायतमा ६ सय ३२, जर्मनीमा ६ सय २७, स्पेनमा ६ सय २७, ग्रिसमा ६ सय १७, जापानमा ६ सय १२, स्वीजरल्यान्डमा ६ सय ४, बेल्जियममा ५ सय ९०, नेदरल्यान्डमा ५ सय ८८ र फिनल्यान्डमा ५ सय ७७ जनासँग आफ्नै कार छ। 

नेपालका दुई छिमेकी देशमध्ये चीनमा प्रति एकहजार जनामा २ सय २३ जनासँग आफ्नै कार रहेको छ। २०१५ देखि २०२० सम्मको अवधिमा चीनमा निजी कार हुनेको दर १४ प्रतिशतले बढेको तथ्यांक छ। विकासको गतिमा अघि बढिरहेको चीन नाकगरिकको क्रयशक्ति बढ्दै गएकाले निजी कार हुनेहरूको संख्या बढ्दै गएको हो। 

त्यस्तै भारतमा प्रति एकहजार जनामा ३३ जनासँग मात्र आफ्नो निजी कार रहेको छ। भारत पछिल्लो तथ्यांकअनुसार संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश हो। अहिले भारतमा १ अर्ब ४० करोडभन्दा बढी मानिस छन्। २०१५ देखि २०२० सम्मको अवधिमा भारतमा निजी कार हुनेको दर १० प्रतिशतले बढेको हो। 

२०७८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लख ६४ हजार ५ सय ७८ जना रहेको छ। नेपाल निजी कार हुनेको संख्या निकै कम रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा २० प्रतिशत मानिसहरू गरिबीमा छन्। त्यसैले पनि नेपालमा आफ्नै कार हुनेको संख्या कम छ।  

नेपालमा ५ लाख ३८ हजार ९ सय ८८ जनासँग निजी कार छ। यो भनेको प्रति एकहजार जना नेपालीमध्ये २० जनासँगमात्रै आफ्नै निजी कार रहेको तथ्यांक हो। 


प्रकाशित : सोमबार, फागुन १४ २०८००७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend