बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

मिटरब्याजपीडितलाई छलफलमा आउन गृहको आह्वान, सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन

images
आइतबार, फागुन १३ २०८०
images
images
मिटरब्याजपीडितलाई छलफलमा आउन गृहको आह्वान, सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन

देशका विभिन्न स्थानबाट पैदलयात्रा गर्दै मिटरब्याजपीडित गत शुक्रबार काठमाडौं आइपुगेका हुन्। सरकारले उनीहरुलाई छलफलका लागि बोलाएको छ। गृह मन्त्रालयले वार्ताका लागि टोली गठन गरिसकेको जनाएको छ।

images
images

काठमाडौं- आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज)पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई आज पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका लागि बोलाएको हो।

images
images
images

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको मन्त्रालयका उपसचिव एकदेव अधिकारीले जानकारी दिए। वार्ता समितिमा मन्त्रालयका तर्फबाट सहसचिव पण्डितसहित दुईजना उपसचिव रहने र संघर्ष समितिबाट बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन भनिएको उनले बताए।

images

'आन्दोलनरत मिटरब्याजपीडितसँग अहिले पनि अनौपचारिकरुपमा कुरा भइरहेको छ। सम्भव भएसम्म आजै छलफलका लागि आउन भनेका छौँ। उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्छ र वार्ताबारे आपसी छलफलमा हुनुहुन्छ', उपसचिव अधिकारीले भने।

images
images
images

मिटरब्याजपीडितबाट पैदलयात्रा, प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको सम्बन्धमा ध्यानाकर्षण भएको पनि गृह मन्त्रालयले जनाएको छ। मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि कानून संशोधन, अधिकारसम्पन्न आयोग गठन, आयोगको कार्यकाल समाप्त भई विघटन भएपश्चात् उजुरी फर्छ्यौटसम्बन्धी कार्यविधि तर्जुमा गरी दुवै पक्षको बीचमा छलफल तथा मेलमिलाप गराउने प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ।

उक्त मन्त्रालयका अनुसार सहमति नभएका विषयमा कानूनबमोजिम मुद्दा दर्ता गर्नेलगायत जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको र त्यसको अनुगमन प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था मिलाइएको छ। यद्यपि मिटरब्याजपीडितले गृह मन्त्रालयको यो भनाइ अस्वीकार गरेका छन्। देशका विभिन्न स्थानबाट पैदलयात्रा (न्याय मार्च) गर्दै मिटरब्याजपीडित गत शुक्रबार काठमाडौं आइपुगेका हुन्। मिटरब्याजपीडितका समस्या समाधान गर्न कानून संशोधन गरिए पनि त्यसको प्रभावकारिता नदेखिएको र पीडितले न्याय पाउन नसकेको भन्दै उनीहरु २३ दिन लामो ‘न्याय मार्च’ गरेर काठमाडौं आएका थिए।

गत असारमा मुलुकीसंहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमार्फत गत असारमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक संसद्‌बाट पारित भएको थियो तर उक्त कानूनले आफ्ना माग सम्बोधन गर्न नसकेको पीडितको भनाइ छ।

पीडितका समस्या समाधान गर्न उच्चस्तरीय अधिकारसम्पन्न आयोग गठन गरिनुपर्ने र विद्यमान कानूनमा संशोधन गरी थप बलियो बनाउनुपर्ने उनीहरुको माग छ। गत चैतमा मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो तर आफूहरुले न्याय नपाएको भन्दै उनीहरु फेरि काठमाडौंमा भेला भएका हुन्। रासस


प्रकाशित : आइतबार, फागुन १३ २०८०१८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend