बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

व्यावसायिक वातावरण निर्माण गर्न निजी क्षेत्रका संस्थाका अध्यक्षहरूद्वारा प्रधानमन्त्रीसँग आग्रह

images
आइतबार, फागुन १३ २०८०
images
व्यावसायिक वातावरण निर्माण गर्न निजी क्षेत्रका संस्थाका अध्यक्षहरूद्वारा प्रधानमन्त्रीसँग आग्रह

सरकारबाट स्वीकृति लिएर काम सुरु गरेका आयोजनामा अनावश्यक अवरोध भइरहेकाले निर्वाध सञ्चालनका लागि सरकारले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ।

images
images

काठमाडौं- निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज भेटवार्ता गरेका छन्। अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिए पनि बजार चलायमान हुन नसकेको अवस्थामा गम्भीर हुन उनीहरूले आग्रह गरेका छन्।

images
images
images

आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजन्द्र मल्लले प्रधानमन्त्रीसँगको भेटमा अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए।

images
images

न्यून मागका कारण औसतमा उद्योगहरु ४० प्रतिशतभन्दा कम क्षमतामा चलिरहेका छन्। कोभिडपछिको तीव्र विस्तार व्यवस्थापन गर्न नसक्दा अपनाइएका नीतिले भुक्तानी सन्तुलन र विदेशी विनिमय सञ्चितिमा उच्च सुधार भएपनि बजारमा कारोबार निकै सुस्ताएको व्यवसायीहरूले बताउँदै आएका छन्।

images
images

‘न्यून माग छ, निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण प्रतिकूल छ र आयोजना निर्वाधरुपमा चलाउन सकिएको छैन,’ महासंघ अध्यक्ष ढकालले भेटका क्रममा भने, ‘सरकार समस्या समाधानका लागि तत्पर हुनैपर्छ।’

भेटका क्रममा परिसंघका अध्यक्ष अग्रवालले व्यवसायीहरुलाई निर्वाध काम गर्ने वतावरण हुनुपर्ने धारणा राखे। ‘भारतमा व्यावसायिक कसुरमा जेल जाने प्रावधान हटाएर जरिबाना बढाइएको छ’ उनले  भने,  ‘यहाँ भने व्यवसायीहरु आतंकित छन्, यस्तो व्यवस्थामा सुधार आवश्यक छ।’ अध्यक्ष अग्रवालले पुँजीगत लाभकरमा लाग्दै आएको दोहोरो कर हटाउनुपर्ने, धेरै निकायले निजी क्षेत्रलाई हेर्ने व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए। 

चेम्बर अध्यक्ष मल्लले घरजग्गा र सेयर कर्जामा रहेको जोखिमभारको व्यवस्थालाई एक सय प्रतिशतमा झार्नुपर्ने बताए। ‘अहिले १२५ प्रतिशत जोखिमभार छ, उनले भने, ‘यसलाई एकसय प्रतिशतमा घटाउन सके बजारमा माग बढ्छ।’

सरकारबाट स्वीकृति लिएर काम सुरु गरेका आयोजनामा अनावश्यक अवरोध भइरहेकाले निर्वाध सञ्चालनका लागि सरकारले सहयोग प्रदान गर्नुपर्ने उनीहरूको भनाइ छ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले निजी क्षेत्रको सुझावअनुरुप अर्थतन्त्र सुधारका लागि सरकारले पहल गर्ने बताए। साथै प्रधानमन्त्री दाहालले निजी क्षेत्र र सरकारी परियोजनाको काम समयमै सक्न सरकारले पहल गर्ने पनि बताए। 


प्रकाशित : आइतबार, फागुन १३ २०८०१७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend