बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति

images
आइतबार, फागुन १३ २०८०
images
पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति

पशुपतिको नाममा विभिन्न स्थानमा रहेका जग्गाहरुलाई व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गरिएको पर्यटनमन्त्रीले बताएका छन्।

images
images

काठमाडौं- पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ।

images
images
images

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो।

images
images

मन्त्रालयले आइतबार गठन गरेको ५ सदस्यीय समितिको सदस्यमा पूर्व सहसचिव देवराज ढकाल, पशुपति कोषका कानूनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र कोषका सदस्य सचिव राजु केसी रहेका छन्।  

images
images

गुठी र कोषका नाममा लिच्छवि कालबाटै विभिन्न दाताहरुले दान गरेको जग्गा पछिल्लो समय व्यक्तिले हडप्ने क्रम बढेसँगै खोजीका लागि समिति बनाइएको हो। काठमाडौं उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि कोषले काम अगाडि बढाइसकेको छ।

अवैधरुपमा त्यहाँ बनेका संरचना भत्काउन थालिसकिएको छ। पशुपतिनाथको नाममा विभिन्न स्थानमा रहेका जग्गाहरुलाई व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गरिएको पर्यटनमन्त्री सुदन किरातीले बताएका छन्। 


प्रकाशित : आइतबार, फागुन १३ २०८०१७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend