बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

अर्थतन्त्र संकुचित हुँदा पनि ५५ प्रतिशत लाभांश वितरण गर्दै होण्डा बिक्रेता स्याकार

images
आइतबार, फागुन १३ २०८०
images
images
अर्थतन्त्र संकुचित हुँदा पनि ५५ प्रतिशत लाभांश वितरण गर्दै होण्डा बिक्रेता स्याकार

स्याकारले गत आर्थिक वर्ष करिब ९ अर्ब ७१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ९५ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

images
images

काठमाडौं- विगत दुई वर्षयता अर्थतन्त्र संकुचित भएपनि नेपालमा होण्डा मोटरसाइकलको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले भने उच्च प्रतिफल बाँडेको छ। विगत दुईवर्षमा स्याकारको सञ्चालन आम्दानी १२.४ प्रतिशतबाट घटेर ९.२ प्रतिशत भएपनि उच्च लाभांश वितरण गरेको हो।

images
images
images

सञ्चालन आम्दानीको तुलनामा बैंकबाट करिब ४८ प्रतिशतसम्म चालु पुँजी कर्जा लिएर सञ्चालित यस कम्पनीले विगत दुई वर्षमा करिब ५५ प्रतिशत लाभांश वितरण गरेको छ। 

images

सन् २०२० को तुलनामा कम्पनीको लाभांश वितरणको दर भने उल्लेख्यरुपमा घटेको छ। सन् २०२० मा कम्पनीले खुद नाफाबाट करिब २९३ प्रतिशत लाभांश वितरण गरेको थियो। विगत दुई आर्थिक वर्षमा आर्थिक गतिविधि संकुचित भएका कारण औषत ५५ प्रतिशतका दरले लाभांश वितरण गरेको हो।

images
images
images

यद्यपी पछिल्लो समय बैंकले चालु कर्जा पुँजीको अनुपात घटाउँदै लगेको छ। सन् २०२१ मा बैंकको चालु पुँजी कर्जाको अनुपात ३७ प्रतिशत, २०२२ मा ३४ प्रतिशत, २०२३ मा ३२ प्रतिशत र चालु आर्थिक वर्षको २६ महिनामा २६ प्रतिशत कायम भएको छ।

कम्पनीको ब्याज तिर्ने क्षमता कमजोर भएपनि कम्पनीले उच्च नाफा गरेर लाभांश वितरण गरेको देखिन्छ। गत आर्थिक वर्ष कम्पनीको ब्याज तिर्ने अनुपात (इन्ट्रेष्ट कभरेज अनुपात) निकै उच्च दरमा घटेको छ।

गत आर्थिक वर्ष यस कम्पनीको इन्ट्रेष्ट कभरेज अनुपात ४.३ प्रतिशतबाट घटेर १.९ प्रतिशतमा झरेको छ। यो अनुपात बढी भएको कम्पनीलाई राम्रो मानिन्छ। 

इन्ट्रेष्ट कभरेज अनुपात जति धेरै भयो त्यति नै बैंकको कर्जा लगानी सुरक्षित मानिन्छ। यो अनुपात जति बढी भयो त्यति नै धेरै कम्पनीको वित्तीय अवस्था सुदृढ रहेको बताइन्छ। २०२४ बाट भने कम्पनीको इन्ट्रेष्ट कभरेज अनुपात १.९ प्रतिशत पुगेको कम्पनीले दाबी गरेको छ।

यस कम्पनीले गत आर्थिक वर्ष करिब ९ अर्ब ७१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ९५ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

सन् २०२० मा कम्पनीले ११ अर्ब ४६ करोड, सन् २०२१ मा १३ अर्ब ४३ करोड रुपैयाँ र सन् २०२२ मा १५ अर्ब ३६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।

कम्पनीले थप व्यावसायिक गतिविधि विस्तारका लागि आफ्नो क्रेडिट रेटिङ गराएको छ। इक्रा नेपालबाट करिब ६ अर्ब ६० करोड ७० लाख रुपैयाँ अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि क्रेडिट रेटिङ गराएको हो। 

करिब २ अर्ब ५० करोड रुपैयाँ दीर्घकालीन ऋण र ४ अर्ब ११ करोड रुपैयाँ अल्पकालीन ऋणका लागि रेटिङ गराएको हो। यसअघि कम्पनीले ९ अर्ब ९ करोड रुपैयाँ बराबरको ऋणका लागि क्रेडिट रेटिङ गराएको थियो। 

इक्रा नेपालले स्याकार कम्पनीलाई 'ए प्लस ३' रेटिङ दिएको छ। यसअघिको रेटिङमा 'ए प्लस ४' रेटिङ पाएकोमा आर्थिक गतिविधि संकुचित भएकाले इक्राले रेटिङ घटाएको छ। 'ए प्लस ३' रेटिङले कम्पनीको वित्तीय अवस्था राम्रो रहेको नै देखाउँछ। 

स्याकार कम्पनी नेपालमा ज्योति ग्रुपले सञ्चालन गर्दै आएको छ। स्याकारमा सौरभ ज्योति अध्यक्ष र उनका भाइ सुरिद ज्योति उपाध्यक्ष छन्।


प्रकाशित : आइतबार, फागुन १३ २०८०१३:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend