आइतबार, वैशाख २३ गते २०८१    
images
images

'एयरबस ३२०' को इन्जिन मर्मतमा हेलचक्र्‍याइँ : यस्तो छ दुईवर्षदेखि भाडाको इन्जिनमा कमिसनको खेल

images
images
images
'एयरबस ३२०' को इन्जिन मर्मतमा हेलचक्र्‍याइँ : यस्तो छ दुईवर्षदेखि भाडाको इन्जिनमा कमिसनको खेल

सन् २०२२ को डिसेम्बरदेखि निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको दुईवटा एयरबस ३२० जहाजको ४ वटामध्ये एउटा इन्जिन सधैँ मर्मतमा नै रहेको छ। जहाजको इन्जिन मर्मतमा ढिलासुस्ती गर्दै इन्जिन भाडामा लिने र कमिसन खाने काम भइरहेको छ।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमले 'एयरबस ३२०' जहाजमा सन् २०२२ को मार्च महिनादेखि निरन्तर रुपमा एउटा इन्जिन भाडामा लिएर प्रयोग गर्दै आइरहेको छ।

images
images
images

भाडाको इन्जिन प्रयोगबाट आइरहेको कमिसनका कारण कुनै पनि इन्जिन मर्मत समयमा हुन सकेको छैन। सामान्यत: ९० दिनमा मर्मत भइसक्नु पर्ने इन्जिन १३ महिना लगाएर मर्मत भइरहेको छ। इन्जिन मर्मतमा ढिलासुस्ती गरेर भाडाको इन्जिन प्रयोग गर्दै कमिसनको खेल निगममा चलिरहेको छ।

images

जुन कम्पनीलाई इन्जिन मर्मतको जिम्मा दिइएको छ उही कम्पनीसँग इन्जिन भाडामा लिने प्रवृतिका कारण इन्जिन मर्मतमा ढिलासुस्ती भइरहेको छ।

images

इन्जिन मर्मत गर्न दिइएको कम्पनीसँग नै भाडाको इन्जिन लिँदै निगम व्यवस्थापन कमिसनमा रमाइरेको छ। जसलाई निगम सञ्चालन समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत समर्थन गरिरहेको छ।

images
images

सन् २०२२ को डिसेम्बरदेखि निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको दुईवटा एयरबस ३२० जहाजको ४ वटामध्ये एउटा इन्जिन सधैँ मर्मतमा नै रहेको छ। जहाजको इन्जिन मर्मतमा ढिलासुस्ती गर्दै इन्जिन भाडामा लिने र कमिसन खाने काम भइरहेको छ। 

गएको सेप्टेम्बर १८ मा इन्जिन मर्मतका लागि इजरायल लगिएकोमा इन्जिन अझै मर्मत भएको छैन। ६५ दिनमा मर्मत गर्न भनेर लगिएको इन्जिन १ सय ५० दिन पुगेपछि पार्टपुर्जा नपाएको र जहाज उडानमा फर्काउनका लागि पनि भाडामा दिने इन्जिन नभएको भन्दै फेब्रुअरी १२ मा बल्ल ई-मेल आएको छ।

इन्जिन मर्तम नहुँदै साढे एक महिनादेखि जहाज इजरायल लगेर राखिएको छ। फेरि अहिले इन्जिन मर्मत भएर जहाज आउने दिन निश्चित नहुँदै प्रक्रिया सुरु गर्न भन्दै 'क्रु मेम्बर'सँग पासपोर्ट मागिएको छ। तर इन्जिन मर्मत भएर जहाज कहिले नेपाल आउँछ टुंगो छैन।

यही विषयमा सांसदहरूले समेत प्रश्न उठाउन थालिसकेका छन्। आइतबार संसदमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले इन्जिन मर्मत र भाडामा लिने खेलमार्फत आर्थिक रुपमा अपचलनको काम भइरहेको बताएका छन्। ९० दिनभित्रै बनिसक्नुपर्ने इन्जिन पाँच महिना हुँदासम्म पनि बन्न नसक्नु निगमको लापरबाही भएको उनले बताए। 

यस्तो छ इन्जिन मर्मत र भाडा लिने खेलको च्रक

सन् २०२१ को डिसेम्बर २७ मा नाइन एन ए के डब्लू (सरगमाथा) जहाज  कतारको दोहामा अवतरणपछि पार्किङ वेमा लैजाँदै गर्दा इन्जिन बिग्रिएको थियो। जहाज कतारमा नै दुई महिना ग्राउन्डेड भयो। कतारमा ग्राउन्डेड भएको जहाज २०२२ को मार्चमा ५ देखि भाडाको इन्जिन प्रयोग गरेर जहाज उडानमा आयो। निगमले एमटीयूसँग दैनिक २ हजार डलर, प्रतिघण्टा २ सय ७८ र प्रतिसाइकल २ सय ३९ डलरमा इन्जिन भाडामा लिएर जहाज उडानमा ल्यायो। 

जहाज भाडाको इन्जिन प्रयोग भएर उडानका आयो तर त्यही जहाजको २०२२ को जुलाई ३० मा फेरि अर्को इन्जिन बिग्रियो। जहाज सेप्टेम्बर ३० सम्म ग्राउन्डेड भयो।

जहाज ग्राउन्डेड हुँदा निगमले सोही जहाजमा भाडाको इन्जिन प्रयोग गरिरहेको थियो। जहाज उडानमा नरहेपनि इन्जिन भाडावापत दैनिक २ हजार डलर खर्चिरह्यो। सेप्टेम्बर ३० मा मर्मत भएको इन्जिन प्रयोग गरेर जहाज उडानमा ल्याइयो। एमटीयूसँग भाडामा लिइएको इन्जिन भाडामा नै प्रयोग गरिराखियो। तर मर्मतका लागि पठाइएको इन्जिन एक वर्षमा पनि मर्तत भएन।

त्यही बीचमा फेरि २०२३ को जुलाई १७ मा एयरबस ३२० को इन्जिनमा समस्या देखियो। सेप्टेम्बर २०२२ मा मर्मतका लागि पठाइएको जहाज त्यो बेलासम्म मर्मत भएको थिएन। २०२२ को सेप्टेम्बरमा मर्मतका लागि पठाइएको इन्जिन २०२३ को अगष्टमा मात्रै मर्मत भयो।

अगष्ट १२ मा भाडाको इन्जिन छोडेर मर्तत भएको इन्जिन जहाजमा प्रयोग गरेर उडानमा ल्याइयो। तर त्यो बेलासम्म अर्को नाइन एकेएक्स जहाजको इन्जिनमा समस्या देखिएर ग्राउन्डेड भएको थियो।

निगम व्यवस्थापनले त्यो बेलासम्म भाडामा प्रयोग भएको इन्जिन उक्त जहाजमा प्रयोग गरेन। पहिले भाडामा लिएको इन्जिनको सम्झौता ५ सय २८ दिनमा अन्त्य गर्‍यो। अन्त्य गर्नुको एउटै रहस्य थियो, इजरायलको इन्जिन मर्मत गर्ने कम्पनीसँग इन्जिन भाडामा लिने र मर्मतका लागि सेटिङ। 

त्यही बीचमा इन्जिन मर्मत तथा भाडाका लागि भन्दै 'इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई) छनोट भयो। जुलाई १७ मा बिग्रिएको इन्जिन मर्मतका लागि सेप्टेम्बर ३० मा इजरायल पठाइयो। इजरायल पठाएको १० दिनपछि ब्रिगिएको इन्जिन मर्मतका लागि छोडेर जहाजमा भाडाको इन्जिन प्रयोग गरेर उडानमा ल्याइयो।

नाइन एन एकेएक्सकै अर्को इन्जिनमा पुन: समस्या देखियो। जहाज नोभेम्बर ३० देखि ग्राउन्डेड भयो। तर ६५ दिनमा मर्मत गरिने भनेर लगिएको इन्जिन अहिलेसम्म पनि मर्मत भएको छैन। जहाजको इन्जिन मर्मत नहुँदै नोभेम्बर ३० देखि ग्राउन्डेज जहाज इजरायल पठाइयो।

उक्त जहाज अहिले पनि इजरायलमा नै ग्राउन्डेड छ। सेप्ट‍ेम्बर ३० मा मर्मतका लागि छोडिएको इन्जिन मर्मत ६५ दिनमा गर्नुपर्ने थियो तर अहिले १ सय ५० दिन भइसकेपछि पार्टपुर्जा नपाएको र इन्जिन मर्मतमा ढिलासुस्ती भएको भन्दै कम्पनीले ई-मेल पठाएको छ।

अहिले मर्मत भएको इन्जिनपछि पनि जहाजमा भाडाकै इन्जिन प्रयोग गरिरहनुपर्ने बाध्यता छ। किनकि नोभेम्बर ३० देखि नाइन एकेएक्सको अर्को इन्जिनमा समस्या आएर ग्राउन्डेड भइसकेको छ। 

इन्जिन मर्मतमा भएको ढिलासुस्तीकै घटनाक्रमलाई हेर्ने हो भने २०२३ को नोभेम्बर ३० मा बिग्रिएको इन्जिन २०२४ मा पनि मर्मत नहुने निश्चित भएको छ। जसका कारण निगमको उडान तालिका नै प्रभावित भएको छ।

इन्जिन मर्मतमा भएको लापरबाहीको विषय सुरक्षासँग पनि जोडिन थालेको छ। इन्जिन मर्मत नहुँदा सधैँ जहाजमा भाडाको इन्जिन प्रयोग भइरहेको छ। जसबाट निगमलाई आर्थिक भार थपिँदै गएको छ भने आम्दानी मासिक ३० करोडभन्दा बढी कम भइसहेको छ। 

images

प्रकाशित : आइतबार, फागुन १३ २०८०१२:१६

प्रतिक्रिया दिनुहोस