सोमबार, वैशाख २४ गते २०८१    
images
images

१ अर्ब १९ करोड लागतका चार सडकका लागि ४ करोडमात्रै विनियोजन, भुक्तानी नहुँदा रोकियो काम

images
images
images
१ अर्ब १९ करोड लागतका चार सडकका लागि ४ करोडमात्रै विनियोजन, भुक्तानी नहुँदा रोकियो काम

चार सडक एक अर्ब १९ करोड ९२ लाख ९३ हजारमा निर्माण भइरहेकामा अर्थ मन्त्रालयले बजेट नपठाउँदा यस वर्ष काम हुन सकेको छैन।

images
images

बागलुङ- तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन्। संघीय सरकारअन्तर्गत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो।

images
images
images

सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अमर अधिकारीले जानकारी दिए। उनका अनुसार चार सडक एक अर्ब १९ करोड ९२ लाख ९३ हजारमा निर्माण भइरहेकामा अर्थ मन्त्रालयले बजेट नपठाउँदा यस वर्ष काम हुन सकेको छैन।

images

चार सडकलाई चालु आर्थिक वर्षमा एक करोडका दरले चार करोड रूपैयाँमात्रै बजेट विनियोजन भएकाले रकम अभाव भएको अधिकारीको भनाइ थियो। बागलुङ क्षेत्र नं १ को र म्याग्दीमा निर्माण भइरहेका सडकको सात करोड १२ लाख ४७ हजार रूपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए।

images

उक्त चार सडक निर्माणका लागि एक अर्ब १९ करोड रूप‌ैयाँ बजेट आवश्यक पर्नेमा चालु आवमा चार करोड रूपैयाँमात्रै बजेट विनियोजन भएकाले समस्या भएको भन्दै इञ्जिनियर अधिकारीले पटकपटक अर्थ मन्त्रालयमा बजेट थप गर्न अनुरोध गरिएको जानकारी दिए। ‘एक निर्वाचन क्षेत्र, एक रणनैतिक सडक’ कार्यक्रमअन्तर्गत बागलुङ क्षेत्र नं १ स्थित बागलुङ बजार अदालतदेखि चौपारी-सिगाना-चापाखर्क-गाजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडकको गत वर्ष ४८ प्रतिशत भौतिक प्रगति भए पनि दायित्व भुक्तानी नपाएपछि निर्माण व्यवसायीले यस वर्ष काम गर्न सकेको छैन।

images
images

दश किमी कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजार रूपैयाँमा सम्झौता भएको थियो। निर्माणको जिम्मा पाएको कर्ण बिल्र्डसले सुरुमा कामलाई तीव्रता दिए पनि भुक्तानी नपाएपछि काम गर्न समस्या भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सन्दीप श्रेष्ठले बताए। 'गत वर्षको तीन करोड ३१ लाख तीन हजार रूपैयाँ भुक्तानी पाउन बाँकी छ। चालु आवमा जम्मा एक करोड रूपैयाँ बजेट विनियोजन भएपछि काममा फर्कन समस्या भएको हो', उनले भने। श्रेष्ठले दायित्व भुक्तानी हुनासाथ काममा फर्कने बताउँदै बजेट थप्न आग्रह गरे।

बागलुङ क्षेत्र नं २ अन्तर्गत हरिचौर बजारबाट मल्म, पाण्डवखानी-रमुवा-रणसिंह किटेनी हुँदै निसीखोलाबाट प्यूठान जोड्ने सडक विसं २०७९ मा २५ करोड २० लाख रूपैयाँमा सम्झौता भएको थियो। उक्त सडकका लागि एक करोड रूपैयाँ बजेट विनियोजन भएपछि काम रोकिएको हो। यस खण्डको १८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।

एक वर्षमा २५ करोड रूपैयाँको सडकमा एक करोड रूपैयाँ बजटले काम गर्न समस्या भएको गलकोट नगरपालिका-७ मल्मका वडाध्यक्ष राज थापाले बताए। 

म्याग्दी जिल्लाको रत्नेचौर-ज्यामरुककोट, भकिम्लि हुँदै बराङ्जा जाने सडकको पूर्वाधार निर्माण सकिएपनि बजेट अभावमा कालोपत्र हुन सकेको छैन। हालसम्म ४५ प्रतिशत भौतिक प्रगति गरेको उक्त सडकको निर्माण व्यवसायीलाई गत वर्षको तीन करोड ८१ लाख ४४ हजार भुक्तानी दिन बाँकी छ। मुस्ताङको रणनीतिक सडकअन्तर्गत पर्ने लेतेस्थित थासाङ गाउँपालिका-२, ३, ४ र ५ मा पर्ने छयो-कुन्जे-टिटी-धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा बजेट अभावका कारण काम प्रभावित बनेको छ।

तीन वर्षमा कालोपत्र गर्नेगरी ३८ करोड ८८ लाख ६१ हजारमा निर्माण व्यवसायीसँग सम्झौता भएको उक्त खण्डको हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालयले जनाएको छ। उक्त सडकमा गत वर्षको भुक्तानी दायित्व नरहे पनि चालु आवमा विनियोजन भएको एक करोडले काम गर्न समस्या भएको निर्माण कम्पनीको भनाइ छ। ३८ करोडको सडक निर्माणका लागि एक वर्षमा एक करोड मात्र बजेट आउँदा काम गर्न नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

कार्यालयकी प्रमुख अनुक्षा घिमिरेले अर्थ मन्त्रालयले आवश्यक बजेट नपठाउँदा काम गर्न समस्या भइरहेको बताइन्। उनले सडकको कालोपत्रको काम सुरु गर्ने समयमा बजेट कटौती हुँदा निर्माण व्यवसायीले काम छोडेर हिँडेको बताइन्।

'ठूला सडक सिगाना र रत्नेचौरको कामको प्रगति सम्झौताअघि नै सक्नेगरी अघि बढेको थियो। गत असारमा बजेट कटौती भएर भुक्तानी गर्न सकिएन। यो वर्ष भुक्तानीका लागि पर्याप्त बजेट छैन', घिमिरेले भने, 'अर्थमन्त्रालयमा बजेट थप गर्नका लागि समन्वय भइरहेको छ। हालसम्म बजेट थप नभएको अवस्थामा यो वर्ष चार वटै सडकमा काम नहुने देखिएको छ।' रासस

images

प्रकाशित : शनिबार, फागुन १२ २०८००१:४९

प्रतिक्रिया दिनुहोस