बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

२८ करोड लागतमा बनेको कमलाको झोलुंगे पुल प्रधानमन्त्रीले गरे उद्घाटन

images
शनिबार, फागुन १२ २०८०
images
images
२८ करोड लागतमा बनेको कमलाको झोलुंगे पुल प्रधानमन्त्रीले गरे उद्घाटन

चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै सञ्चालन गर्न सकिन्छ। यद्यपी स्थानीय प्रशासनले भने सवारीसाधन तीव्रगतिमा नचलाउन तथा डोर्‍याएर नदी पार गर्न अनुरोध गरेको छ।

images
images

धनुषा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन गरेका छन्।

images
images
images

सिरहा नगरपालिका-१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका-६ कठाल जोड्ने कठाल-मल्हनिया-मल्टिस्पान झोलुंगे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गरेका हुन्।

images

करिब २८ करोड ८५ लाख रूपैयाँको लागतमा निर्मित पुलको भारवहन क्षमता पाँच सय ४० मेट्रिक टन छ। चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै सञ्चालन गर्न सकिन्छ।

images
images
images

यसैबीच, स्थानीय प्रशासनले पुलको दीर्घकालीन उपयोगका निम्ति भारवहन गर्ने सवारीसाधन टेम्पोलगायत साधन तीव्रगतिमा नचलाउन र साइकल, मोटरसाइकल पनि डोर्‍याएर नदी पार गर्न सम्बद्ध सबै प्रयोगकर्तामा अनुरोध गरेको छ। रासस 


प्रकाशित : शनिबार, फागुन १२ २०८०१३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend