काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची बजारआसपासका सडकपेटी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको छ।
मेलम्ची नगरपालिकाले शनिबारबाट मेलम्ची बजार आसपासमा बनेका घरटहरा, होर्डिङ बोर्डलगायत सडकपेटी अतिक्रमण गरी बनाइएका संरचना तथा सामग्री भत्काउन सुरु गरेको हो।
३५ दिने सूचना जारी गरे पनि नभत्काएपछि ती संरचना पालिका आफैले भत्काउन लागेको हो।