बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

जाजरकोट भूकम्प : रुकुमपश्चिममा २८ हजार अस्थायी आवास निर्माण

images
शनिबार, फागुन १२ २०८०
images
जाजरकोट भूकम्प : रुकुमपश्चिममा २८ हजार अस्थायी आवास निर्माण
images
images

त्रिवेणी- गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भू्कम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ।

images
images
images

चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ। सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए।

images
images

जिल्लाभर सात हजार तीन हजार नौ सय १२ अस्थायी आवास निर्माणको चरणमा छन्। जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार नौ सय ६२ मध्ये अझै तीन हजार नौ सय २८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेको सहायक प्रजिअ बढुवालले बताए।

images
images

हालसम्मम सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा आठ हजार नौ सय ३३ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा सात सय आठ अस्थायी आवास निर्माण गरिएको छ। चौरजहारी नगरपालिकामा छ हजार एक सय ९४, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१, त्रिवेणी गाउँपालिकामा तीन हजार चार सय ९४ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका दुई हजार नौ सय ९३ अस्थायी आवास निर्माण गरिएको सहायक प्रजिअ बढुवालले जानकारी दिए।

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार नौ सय ६२ लाभग्राहीका लागि स्थानीय विपद न्यूनीकरण कोषमा २५ हजारका दरले ७९ करोड ९० लाख रूपैयाँ पठाएको छ। स्थानीय विपद् कोषबाट भने ३० हजार दुई सय ३१ लाभग्राहीले २५ हजार रूपैयाँका दरले ७५ करोड ७५ हजार रूपैयाँ रकम प्राप्त गरेका छन्।

अब जिल्लामा पहिचान भएका एक हजार सात सय ३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ। रासस


प्रकाशित : शनिबार, फागुन १२ २०८०१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend