बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

images
शनिबार, फागुन १२ २०८०
images
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

काम चलिरहेकै बेला गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए।

images
images

बागलुङ- सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी सडकखण्ड अवरुद्ध भएको छ। बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका-८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो।

images
images
images

पहिरोले बागलुङ-गृल्मीखण्डअन्तर्गत मालढुंगा-अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ। बागलुङको मालढुंगादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ।

images
images

काम चलिरहेकै बेला गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए।

images
images

'दुवैतर्फबाट डोजर लगाउँदा पनि कम्तीमा एक साता पहिरो पन्छाउन लाग्छ', उनले भने, 'ढुंगा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन।' पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए।

सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन्। सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्। भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ। रासस


प्रकाशित : शनिबार, फागुन १२ २०८०१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend