आइतबार, वैशाख २३ गते २०८१    
images
images

सेटिङमा छनोट भएको एमआरओले १५९ दिन हुँदा पनि मर्मत गरेन 'एयरबस ३२०' को इन्जिन

६५ दिनमा मर्मत गरेर दिनुपर्नेमा १५० दिनपछि सामान नपाएको जवाफ, भएन कारबाही

images
images
images
सेटिङमा छनोट भएको एमआरओले १५९ दिन हुँदा पनि मर्मत गरेन 'एयरबस ३२०' को इन्जिन

इन्जिन मर्मत नहुँदा निगमको आम्दानीमा मासिक ३० करोडभन्दा बढी क्षति भएको छ। अर्कोतिर उडान नै नभएको जहाजमा प्रयोग भएको इन्जिन भाडामा मात्रै मासिक ६० लाख डलर खर्च भएको छ।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले 'एयरबस ३२०' जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाएको १ सय ५९ दिन भइसकेको छ तर इन्जिन कहिले मर्मत हुन्छ भन्ने अझै यकिन छैन।

images
images
images

निगमको कल साइन 'नाइनएन एकेएक्स'  जुलाई १७ मा इन्जिन बिग्रिएर दुई महिनासम्म काठमाडौंमा ग्राउन्डेड भएपछि त्यसको इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो।

images

सेप्टेम्बर १७ मा निगमले 'इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई) मा भाडाको इन्जिन हाल्न तथा बिग्रिएको इन्जिन मर्मतका लागि जहाज पठाएको थियो। १८ सेप्टेम्बरमा जहाज कम्पनीमा पुगेको थियो।

images

बिग्रिएको इन्जिन मर्मतका लागि इन्जिन छोडेर जहाज १० दिनपछि भाडाको इन्जिन हालेर नेपाल फर्किएको थियो। तर १ सय ५९ दिन हुँदासम्म जहाजको इन्जिन मर्मत भएको छैन।

images
images

इन्जिन मर्मतमा ढिलासुस्ती किन भइरहेको छ भनेर निगम व्यवस्थापनले अहिलेसम्म कुनै सूचनासमेत जारी गरेको छैन।

इन्जिन मर्मत तथा भाडामा लिनेगरी एमआरओ छनोटमा भएको सेटिङका कारण अहिले इन्जिन मर्मतमा ढिलासुस्ती भएको निगम इन्जिनियरिङ विभाग स्रोतको दाबी छ।

कम्पनीले जहाजको इन्जिन न्यूनतम ६५ दिनमा मर्मत गरेर दिनेगरी सम्झौता भएको थियो। तर अहिले ५ महिनाभन्दा बढी भएपछि उक्त कम्पनीले इन्जिनभित्रको पार्टपुर्जासमेत परिवर्तन गर्नुपरेको र पार्टपुर्जा नपाएको भन्दै गैरजिम्मेवार उत्तर दिएको निगम स्रोत बताउँछ।

यो सबै सेटिङका पछाडि भाडाको इन्जिन प्रयोग गर्नु रहेको छ। जहाजको बिग्रिएको इन्जिन मर्मतका लागि छोडेर उही कम्पनीसँग इन्जिन भाडामा लिएर जहाज नेपाल ल्याउँदा समस्या आएको हो। इन्जिन मर्मत जति लम्बिन्छ त्यति नै इन्जिन भाडाबाट रकम आइरहने हुन्छ। 

अहिले इजरायलमा लगेर थन्क्याइएको जहाज नोभेम्बर ३० देखि ग्राउन्डेड भएको हो। तर जहाज उडानमा नरहे पनि निगमले इन्जिन भाडाबापत दैनिक २ हजार डलर तिर्नुपर्ने हुन्छ। इन्जिन मर्मत गर्ने कम्पनीलाई इन्जिन मर्मत नगर्दासमेत भाडाको इन्जिनमार्फत रकम आइरहेका कारण पनि इन्जिन मर्मत भएको छैन। 

इन्जिन मर्मत नहुँदा निगमको आम्दानीमा मासिक ३० करोडभन्दा बढी क्षति भएको छ। अर्कोतिर उडान नै नभएको जहाजमा प्रयोग भएको इन्जिन भाडामा मात्रै मासिक ६० लाख डलर खर्च भएको छ। यात्रुको मागअनुसार उडान तालिका बनाउन सकेको अवस्था छ‍ैन। जसका कारण नेपाल एयरलाइन्सको विश्वसनियतामा प्रश्न उठिरहेको छ। 

आंशिकरुपमा जहाज खरिदमा लिएको ऋणको किस्ता र ब्याज भुक्तानी गर्ने गरेको प्रक्रियामा समेत ब्रेक लागेको छ। 

यस्तोमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी विदेश भ्रमणमा नै रमाइरहेका छन्। अधिकारी हरेक खरिद प्रक्रिया अन्तिम चरणमा पुगेसँगै विदेश भ्रमणमा जाने गरेका छन्।

अहिले एयरबस ३२० जहाजको इन्जिन मर्मत तथा भाडाको इन्जिन मर्मतको ठेक्का सम्झौताभन्दा अगाडि पनि अधिकारी एक साता थाइल्याण्ड भ्रमणमा गएका थिए। अध्यक्ष अधिकारीले निगमको काममा भन्दा कमिसनको पछाडि लागिरहेका छन्। जसका कारण निगम थप आर्थिक संकटमा पर्ने निश्चित छ।

images

प्रकाशित : शनिबार, फागुन १२ २०८०११:२१

प्रतिक्रिया दिनुहोस