बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ११ २०८०
images
images
राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

सांसद तुलसाकुमारी दाहालले मिटरब्याज पीडित न्यायका लागि काठमाडौंमा आएका बताउँदै त्यस सम्बन्धमा कानून बने पनि कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको उल्लेख गरिन्।

images
images

काठमाडौं- राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

images
images
images

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरूले मिटरब्याज पीडित न्यायका लागि संघीय राजधानी आउनु दुःखद् भएको उल्लेख गर्दै भएको कानून कार्यान्वयन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरे।

images

सांसद जगतबहादुर पार्कीले तत्कालीन नेकपा नेतृत्वको दुई तिहाई बहुमतको सरकारले संसद् विघटन गर्दा व्यवस्थाका बारेमा निराशावादी सोच उत्पन्न भएको टिप्पणी गर्दै वर्तमान सत्ता गठबन्धनको सरकारले संविधानलाई मजबुत बनाउने ऐतिहासिक काम गर्न थालेको दाबी गरे।

images
images
images

वर्तमान सरकारले सुशासनका काम गर्दै आएको र सिंगो राष्ट्रलाई समृद्धितिर लैजान खोजेको बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका बेला गरेको प्रतिबद्धता कार्यान्वयन गर्न प्रयत्न गरिरहेको उल्लेख गरे। 

सांसद पार्कीले सरकारले गरेको प्रयासका कारण नै अर्बाैंको सार्वजनिक जग्गा सरकारका नाममा आएको उल्लेख गर्दै सरकारले आर्थिक अवस्था सुधारका लागि संकल्प गरेको बताए। साथै उनले सुदूरपश्चिममा विगतमा राष्ट्रिय गौरवका आयोजनाका लागि बजेट प्राथमिकता नपर्ने गरेको गुनासो गर्दै आगामी बजेटमा प्राथमिकतामा राख्न सरकारसँग मागसमेत गरे।

सांसद तुलसाकुमारी दाहालले मिटरब्याज पीडित न्यायका लागि काठमाडौंमा आएका बताउँदै त्यस सम्बन्धमा कानून बने पनि कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको उल्लेख गरिन्। उनले बालकुमारी घटनामा निर्दोष युवकको मृत्यु भएको जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिन्।  

सरकारले जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गर्दै उनले गैरजिम्मेवार काम गर्ने मन्त्रीको राजीनामा माग गरिन्। सांसद दाहालले जनतामा निराश बढेको र विदेश पलायन हुने क्रम बढेको सन्दर्भमा समाधानका लागि आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद नारायणदत्त मिश्रले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको सन्दर्भमा सरकारले दिएर भए पनि पीडितलाई न्याय दिनुपर्ने भन्दै दोषीलाई कारबाही गर्न माग गरे। उनले नारायणगढ-बुटवल खण्डको सडकको दुर्दशाका बारेमा जानकारी गराउँदै सडक भत्काएर जनतालाई दुःख दिन नहुने धारणा राखे। 

आगामी दिनमा बाटो भत्काउने र बनाउने कामसँगै गर्नुपर्ने उल्लेख गर्दै मिश्रले ठेकेदारलाई त्यही शर्तमा मात्र ठेक्का दिनुपर्ने बताए। उनले मुलुकमा प्रतिगमनकारीले टाउको उठाउन लागेको भन्दै राष्ट्रिय एकताको आवश्यकता औँल्याए। 

सांसद राजेन्द्रलक्ष्मी गैरेले लुम्बिनीको विमानस्थल सञ्चालन हुन नसक्दा जनता पीडित भएको बताउँदै सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन्। उनले अब आउने बजेटमा स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकता राख्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिइन्। सांसद गैरेले बालकुमारी घट्नामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको दोष नरहेको खण्डन गर्दै सोसम्बन्धी प्रतिवेदन सार्वजनिक भएपछि मात्र सत्यतथ्य बाहिर आउने धारणा व्यक्त गरिन्।

सांसद तुलबहादुर विश्वकर्माले वर्तमान सरकारले मुलुकभरका अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्नका लागि पठाएको निर्देशनको प्रसंशा गरे। साथै उनले मिटरब्याजी पीडित न्यायका लागि काठमाडौं आएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै सो सम्बन्धमा बनेको कानून कार्यानवयन गर्न माग गरे।

सांसद खिमलाल देवकोटाले महाविर पुनले वीरगञ्ज कृषि कारखाना सञ्चालनका लागि रकम चाहियो भने आफ्नो किताब बेचिरहेको उल्लेख गर्दै आवश्यक रकम जोहो गर्नका लागि सरकारको ध्यानाकर्षण गराए। उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानून निष्कर्षमा पुर्‍याउन सरोकारवाला सबैको ध्यानाकर्षण गराए।  

सांसद डा विमला राई पौड्यालले केही समय अघिसम्म नेपालमा चिकित्सा शिक्षाको राम्रो छाप रहेको बताउँदै नियमनको लागि ल्याइएका नयाँ मापदण्डले चिकित्सा शिक्षालाई सङ्कुचन गरेको उल्लेख गरिन्। उनले नेपालमा पढ्न सहज नभएपछि नेपाली विद्यार्थी सिमानामा रहेका छिमेकी मुलुकका संस्थामा पलायन हुन बाध्य भएको बताउँदै कानून संशोधन गरेर भए पनि नेपालभित्रै पढ्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्। रासस  


प्रकाशित : शुक्रबार, फागुन ११ २०८०१६:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend