सोमबार, वैशाख २४ गते २०८१    
images
images

४ करोड ६८ लाखको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण

images
बिजनेस न्युज
images
images
४ करोड ६८ लाखको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण
फाइल तस्बिर

२०२ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडकमा लोमान्थाङ खोलासहित थप छवटा गाडी चल्ने सडक पुल निर्माण भएका छन्।

images
images

म्याग्दी- कालीगण्डकी ‘करिडोर’ बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ।

images
images
images

बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो। पुल निर्माण भएपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ।

images

पुल ४ करोड ६८ लाख दुई हजारको लागतमा निर्माण भएको हो। पुल निर्माण पूरा गरी हस्तान्तरण गरिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँले बताए।

images

इन्जिनियर चापागाईँका अनुसार २०२ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडकमा लोमान्थाङ खोलासहित थप छवटा गाडी चल्ने सडक पुल निर्माण भएका छन्।

images
images

बेनी-जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको छ।

लोमान्थाङ गाउँपालिकाको लोमान्थाङसहित किम्लिङ, नाम्डोक र भर्माखोलाको पुल निर्माणका लागि मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो।

बेनी-जोमसोम-कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन्। रासस

images

प्रकाशित : शुक्रबार, फागुन ११ २०८०१२:२६
प्रतिक्रिया दिनुहोस