शनिबार, वैशाख १५ गते २०८१    
images
images

जाजरकोट भूकम्प : अस्थायी आवासका लागि थप ९० करोड निकासा

images
बिजनेस न्युज
images
images
जाजरकोट भूकम्प : अस्थायी आवासका लागि थप ९० करोड निकासा

५० करोड जाजरकोट र ४० करोड रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइएको छ।

images
images

काठमाडौं- जाजरकोट भूकम्पबाट प्रभावितका लागि अस्थायी आवास निर्माणले तीव्रता पाएसँगै सरकारले अनुदान रकम वितरणलाई प्राथमिकताका साथ अघि बढाएको छ। 

images
images
images

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अनुदानको दोस्रो किस्ता उपलब्ध गराउन थप ९० करोड निकासा भएको छ। 

images

यसमध्ये ५० करोड जाजरकोट र ४० करोड रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइसकिएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिए। 

images

आजसम्म अस्थायी आवास निर्माण गर्न कुल तीन अर्ब १६ करोड निकासा भएको प्राधिकरणले जनाएको छ। हालसम्म पहिचान भएका लाभग्राहीको सङ्ख्या ८२ हजार नौ सय ३७ पुगेको छ। अस्थायी आवास निर्माणमा पनि उल्लेख्य वृद्धि भएको जनाइएको छ।

images
images

अहिलेसम्म ४८ हजार पाँच सय ६५ आवास बनिसकेका छन् भने निर्माण भइरहेका अस्थायी आवासको सङ्ख्या सात हजार आठ सय ३३ रहेको प्राधिकरणले जनाएको छ। 

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प गएको थियो। उक्त भूकम्पमा क्षति भएका घरहरुको अहिले अस्थायी आवास निर्माण जारी छ। पुनः निर्माणका लागि आवश्यक तयारी भइरहेको गृहमन्त्रालयले जनाएको छ। रासस

images

प्रकाशित : शुक्रबार, फागुन ११ २०८०११:१२
प्रतिक्रिया दिनुहोस