आइतबार, वैशाख १६ गते २०८१    
images
images

अवैध आयात भएको ५ हजार किलो छोकडा बरामद, खान अयोग्य जति नष्ट गर्ने तयारी

images
images
images
अवैध आयात भएको ५ हजार किलो छोकडा बरामद, खान अयोग्य जति नष्ट गर्ने तयारी

विभागले एउटै गोदाममा ४० बोरा छोकडासमेत फेला पारेको थियो। विभागले व्यवसायीको विवरण भने सार्वजनिक गरेको छैन।

images
images

काठमाडौं- नेपालमा अहिले छोकडा आयात प्रतिबन्ध छ तर बजारमा खुलेआम व्यापार भइरहेको छ। व्यापारीले छोकडालाई अन्य वस्तुको नाममा भन्सार पास गराइरहेका छन्। 

images
images
images

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँतिहारको विशेष बजार अनुगमनसँगै छोकडालाई निगरानीमा राखेको थियो।

images

विभागले भन्सार विभागसँग पनि त्यसको विवरण मागेको थियो तर वैध तवरबाट छोकडा आयात भएको तथ्यांक नभएको जानकारी भन्सार विभागले दिँदै आएको थियो।

images

वाणिज्य विभागले निरन्तर बजार अनुगमनगरी छोकडा खोजिरहेको थियो। अहिले अवैध रुपमा आयात भइ बिक्री भइरहेको छोकडा वाणिज्य विभागले बरामद गरेको छ। विभाग स्रोतका अनुसार एउटा प्याकेजिङ उद्योग र अन्य चार ठाउँबाट ५ हजार किलोभन्दा बढी छोकडा बराबद गरेको छ। 

images
images

विभागले एउटै गोदाममा ४० बोरा छोकडासमेत फेला पारेको थियो। विभागले व्यवसायीको विवरण भने सार्वजनिक गरेको छैन।

'४ महिनादेखि अवैध आयात भएको छोकडा खोजिरहेका थियौँ,' विभाग स्रोतले भन्यो, 'अन्तत: पहिलो चरणमा केही परिमाणमा छोकडा बराबद भएको छ र थप केही स्थान निगरानीमा रहेको छ।'

उद्योगमा फेला परेको छोकडाको ल्याब परीक्षणसमेत भएको थियो। उक्त छोकडा खान अयोग्य भएको फेला परेको थियो। सोहीअनुसार विभागले खान अयोग्य भएको छोकडा नष्ट गर्ने तयारी गरेको छ। खान योग्य छोकडाको विषयमा भने कसरी व्यवस्थापन गर्ने भन्नेमा विभागले छलफल गरिरहेको छ।

images

प्रकाशित : बिहीबार , फागुन १० २०८००७:०६

प्रतिक्रिया दिनुहोस