बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

चङ्खेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
बिहीबार , फागुन १० २०८०
images
चङ्खेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिकाको वडा नं ३ स्थित मिमी वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको पाइएपछि आयोगले मुद्दा दायर गरेको हो।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत, इन्जिनियर, वडाध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

images
images
images

सो गाउँपालिकाको वडा नं ३ स्थित मिमी वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको पाइएपछि आयोगले आज मुद्दा दायर गरेको हो। आयोगले तत्कालीन निमित्त प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सबइन्जिनियर हर्कधन बुढा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डिल्ली बुढाविरुद्ध ११ लाख ९४ हजार चार सय २६ रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

images
images

यस्तै आयोगले वडा नं ३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। रासस

images
images


प्रकाशित : बिहीबार , फागुन १० २०८०१६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend