बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

गोकर्णेश्वरका चार वडामा खानेपानी समस्या, गराए मन्त्रीको ध्यानाकर्षण

images
बुधबार, फागुन ९ २०८०
images
images
गोकर्णेश्वरका चार वडामा खानेपानी समस्या, गराए मन्त्रीको ध्यानाकर्षण

ती चार वडामा बसोबास गर्ने करिब १५ हजार घरधुरीमा रहेका ६० हजार बासिन्दाले खानेपानीको समस्या झेल्दै आएको ज्ञापनपत्रमा उल्लेख छ।

images
images

काठमाडौं- खानेपानीमन्त्री महिन्द्रप्रसाद राय यादवले स्वच्छ खानेपानी उपभोग गर्न पाउनु सबै नेपालीको नैसर्गिक अधिकार भएको बताएका छन्।

images
images
images

प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठको नेतृत्वमा गोकर्णेश्वर नगरपालिका वडा नं ५, ६, ८ र ९ का खानेपानीको समस्या भोगिरहेका जनताद्वारा प्रस्तुत ज्ञापनपत्र बुझ्दै उनले खानेपानीसम्बन्धी जनताको माग न्यायोचित रहेकाले यसलाई सम्बोधन गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

images

मन्त्री यादवले भने, 'काठमाडौं उपत्यकामा वितरण गर्न ल्याइएको खानेपानीको संकलन केन्द्र वरपरका प्रभावित जनताले पानी पाउनुपर्छ भन्नेमा दुई मत छैन। स्वच्छ र शुद्ध खानेपानी पाउनु सबैको नैसर्गिक अधिकार हो।'

images
images
images

उनले त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्य, स्थानीय तहका प्रमुख तथा खानेपानी वितरणसँग सम्बन्धित सबै सरोकारवालासँगको छलफलपछि नागरिकका माग सम्बोधन गरिने बताए।

ती चार वडामा बसोबास गर्ने करिब १५ हजार घरधुरीमा रहेका ६० हजार बासिन्दाले खानेपानीको समस्या झेल्दै आएको ज्ञापनपत्रमा उल्लेख छ। उक्त नगरपालिकाको वडा नं ९ मा मेलम्ची खानेपानी आयोजनाका ठूला पानी ट्यांकी निर्माणाधीन छन्।

सुन्दरी जल खानेपानी आयोजनाको मूल पाइप पनि सोही नगरपालिकाका विभिन्न तीन वटा वडा भएर गएको छ। दुवै खानेपानी आयोजनाबाट प्रभावित त्यस क्षेत्रमा २० वर्षदेखि खानेपानीको अभाव हुँदै आएको छ। बोरिङ गरी जमिनमुनिबाट पानी निकाल्ने क्रममा ग्यास निस्केर टोल र समाज नै आतंकित हुने गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ।

सो अवसरमा सांसद श्रेष्ठले ‘बत्तीमुनि अध्यारो’ भन्ने उखानजस्तै यहाँका जनतालाई आगामी सुक्खायाममा काकाकुलको अवस्था आउन नदिनेतर्फ ध्यान पुर्‍याउन मन्त्री यादवको ध्यानाकर्षण गराए। रासस


प्रकाशित : बुधबार, फागुन ९ २०८०१८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend