बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

गुण्डाहरूले अपहरण गरी ३ अर्ब फिरौती मागेर नक्कली तमसुक गराएको उद्यमी ज्ञानेन्द्र खड्काको आरोप

images
बुधबार, फागुन ९ २०८०
images
गुण्डाहरूले अपहरण गरी ३ अर्ब फिरौती मागेर नक्कली तमसुक गराएको उद्यमी ज्ञानेन्द्र खड्काको आरोप

क्रिप्टो र बिटक्वाइन छ भन्दै ट्रान्सफर गर्नका लागि भन्दै उनीहरूले आफ्ना ग्याजेट्स लिएको उनले आरोप लगाएका छन्। गणेश लामा र कक्षपतीको समूहले आफूलाई अपहरण गरेको उनले आरोप लगाएका छन्।

images
images

काठमाडौं- युवा उद्यमी ज्ञानेन्द्र खड्काले गुण्डाहरूको समूहले आफूलाई अपहरण गरेर फिरौती मागेको आरोप लगाएका छन्। 

images
images
images

खड्काले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै दुईजना मुख्य गुण्डाले आफूलाई अपहरण गरेर फिरौति मागेको आरोप लगाएका छन्। ललितपुरमै अपहरण गरेर ८ घण्टा नियन्त्रणमा राखेर आफूसँग ३ अर्बसम्म फिरौती मागेको आरोप लगाएका छन्। 

images
images

‘२०८० साल पुष २३ गते (जनावरि ८ तारिखको) दिन, कुख्यात अपराधिक समुह गणेशलामा र सहदेब कक्षपती लगाएत द्वारा ललितपुर जिल्ला धोलाहिटी आदर्स टोलबाट मेरो अपहरण गरी

images
images

सानेपा स्थित लण्डन हाउस (सानेपा खरिबोट बाट टेकु पुल जाने पट्टी) होटलमा लगेर ८ घन्टा भन्दा बढी कोठामा थुनेर बन्धक बनाइ धम्की र त्रास बिच करकापमा फिरौती स्वरुप करोडौंको लेनदेनको कागज गरेको थियो’ विज्ञप्तिमा उल्लेख छ। 

आफू गाडी चलाइरहेको समयमा मास्क र टोपी लगाएर बाटो छेकेर अपहरण गरेर त्यहाँ पुर्याएको उनले बताएका छन्। 

क्रिप्टो र बिटक्वाइन छ भन्दै ट्रान्सफर गर्नका लागि भन्दै उनीहरूले आफ्ना ग्याजेट्स लिएको उनले आरोप लगाएका छन्। गणेश लामा र कक्षपतीको समूहले आफूलाई अपहरण गरेको उनले आरोप लगाएका छन्। 

यो विषयमा आफूले ललितपुर प्रहरी परिसरमा उजुरी दिएको उनले जानकारी दिएका छन्। 

नेपालको पहिलो ओटिए (अनलाईन ट्राभल एग्रिगेटर) प्लेटफर्म एक्सलट्रिप (हाल जाम्न) तथा ईकमर्श प्लेटफर्म ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले अहिले आफू सुरक्षाका लागि सबै उपाया अपनाएपछि घटना सार्वजनिक गरेको बताएका छन्।  नेपालमा हुँदासम्म आफ्नो परिवारको ज्यान जोखिममा परेको भन्दै उनी विदेश पुगेपछि विज्ञप्ति जारी गरेका छन्। 


प्रकाशित : बुधबार, फागुन ९ २०८०१४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend