बिहीबार , असोज ३ गते २०८१    
images
images

तोलामा चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

images
बुधबार, फागुन ९ २०८०
images
images
तोलामा चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ।

images
images

काठमाडौं- मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला चारसय रूपैयाँले बढेको छ। 

images
images
images

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार चारसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँ कायम छ।

यो साता आइतबार सुनको मूल्य प्रतितोला पाँचसय र सोमबार प्रतितोला चारसय रूपैयाँले वृद्धि भएको थियो।

चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रूपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ४ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

images

आइतबार प्रतितोला चारसय २० रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार भने २० रूपैयाँले घटेको थियो।


प्रकाशित : बुधबार, फागुन ९ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend