बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

माङसेवुङमा दुई करोड ३३ लाख लागतमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए

images
बुधबार, फागुन ९ २०८०
images
images
माङसेवुङमा दुई करोड ३३ लाख लागतमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए

किसान प्रत्यक्ष लाभान्वित हुनेगरी स्थानीय लम्फेवा खोलाबाट दुईवटा, फुङखोलाबाट एक र फेवाखोलाबाट एक सिँचाइ कुलो निर्माण सुरु भएको हो।

images
images

फिक्कल- इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड ३३ लाख ६७ हजार रूपैयाँको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ। माङसेबुङ गाउँपालिका-१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ। माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मंगलबार अपराह्न शिलान्यास गरेका हुन्।

images
images
images

गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका-१ का वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए।

images

९४ घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेगरी स्थानीय लम्फेवा खोलाबाट दुईवटा, फुङखोलाबाट एक र फेवाखोलाबाट एक सिँचाइ कुलो निर्माण सुरु भएको हो। तोभाङमा ९३ लाख रूपैयाँको लागतमा लम्फेवा खोलाबाट निवाघारी र ५५ लाख ६८ हजार रूपैयाँको लागतमा सोही खोलाबाट लामपाते कुलो निर्माण सुरु भएको छ। 

images
images
images

यसैगरी, नाङरुङमा ३९ लाख २१ हजार रूपैयाँको लागतमा फुङखोलाबाट घुमाउँरो पाक्रुम्बा कुलो र खोलागाउँमा ४५ लाख ७८ हजार रूपैयाँको लागतमा फेवाखोलाबाट बाह्रमुरे कुलो निर्माण सुरु भएको वडाध्यक्ष योङहाङले बताए।

'वर्षौँदेखि आकाशेपानी र परम्परागत कुलोबाट सिँचाइ गरिरहेका वडाका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, समयमै आयोजना सम्पन्न गर्न तीव्रता दिइनेछ', वडाध्यक्ष योङाहाङले भने, 'आयोजना पूरा भएपछि यहाँका ९४ किसान परिवार प्रत्यक्ष लाभान्वित हुनेछन्।'

सिँचाइ योजनाका लागि स्वीस सरकारको ३० प्रतिशत, संघीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०-२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी रहेको छ। योजना आगामी असार २० गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको छ। 

गतवर्ष सोही वडामा दुई करोड १४ लाख रूपैयाँको लागतमा चारवटा सिँचाइ कुलो निर्माण सम्पन्न भएका छन्। पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा निर्मित सिँचाइ कुलोबाट एक सय ३७  किसान लाभान्वित भएका छन्।

सिँचाइ सुविधा पुगेपछि धान उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ। कृषि ज्ञान केन्द्र इलामको तथ्यांकअनुसार यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो। इलाममा रञ्जित, राधा चार, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ। 

युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यावसायिकरणबाट आयआर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेका छन्। रासस


प्रकाशित : बुधबार, फागुन ९ २०८०१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend