बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

वित्तीय संस्थामा चुनौती बढ्यो, सहकारीका साना बचतकर्ता मारमा परेका छन् : अर्थमन्त्री महत

images
मंगलबार, फागुन ८ २०८०
images
वित्तीय संस्थामा चुनौती बढ्यो, सहकारीका साना बचतकर्ता मारमा परेका छन् : अर्थमन्त्री महत

बैंकहरूको मुनाफा घटेको र कर्जा विस्तार पनि अपेक्षित नहुँदा वित्तीय प्रणालीमा समस्या भएको उनले बताए।

images
images

काठमाडौं- अर्थमन्त्री डा प्रकाशरण महतले वित्तीय संस्थामा चुनौती देखापरेको बताएका छन्। नेपाली कांग्रेसको महासमितिको बैठकमा बोल्दै उनले समग्र अर्थतन्त्रमा सुधार देखिएपनि वित्तीय संस्थामा चुनौती देखिएको बताएका हुन्। 

images
images
images

घर जग्गा क्षेत्रमा प्रवाह भएको कर्जा भुक्तानी रोकिँदा खराब कर्जा बढेको र यसले गर्दा बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको उनले बताएका हुन्। 

images
images

बैंकहरूको मुनाफा घटेको र कर्जा विस्तार पनि अपेक्षित नहुँदा वित्तीय प्रणालीमा समस्या भएको उनले बताए। 

images
images

यद्यपि बैंकिङ क्षेत्रमा देखिउको चुनौति राष्ट्र बैंकले ट्र्याकमा ल्याउने उनको विश्वास छ। तर सहकारी क्षेत्रमा देखिएको समस्याले भने धेरैतिर सर्वसाधारण मारमा परेको उनले बताए। 

उपयुक्त नियमन बाहिरै ठूलो वित्तीय कारोबार गरेकाले सहकारीका साना बचतकर्ता मारमा परेको उनको भनाइ छ। 

समग्र अर्थतन्त्रमा केही सुधारको प्रयास गरिएको र चालु वर्षमा कम्तिमा चार प्रतिशतको आर्थिक वृद्धि हुने अवस्था रहेको उनले बताए।

सयौँ क्षेत्रमा सुधारका संकेत देखिएपनि उत्पादन वृद्धि तथा उपभोग बढाउनेतर्फ भने अझै पनि चुनौती बाँकी रहेको उनको भनाइ छ। राजस्व संकलन लक्ष्य अनुसार नभएपनि वृद्धिदर देखिएको उनको भनाइ छ। 


प्रकाशित : मंगलबार, फागुन ८ २०८०१६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend