बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

८५५ ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

images
मंगलबार, फागुन ८ २०८०
images
images
८५५ ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

सुनसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८ सय ५५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

images
images
images

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई सोमबार राति सो परिमाणको सुनसहित प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो।

images

उनलाई विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाइछिपाइ भन्सार छली लैजान लागेको सुनसहित पक्राउ गरिएको हो।

images
images
images

पक्राउ परेका गफुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। 


प्रकाशित : मंगलबार, फागुन ८ २०८०१३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend