बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

अशोक स्तम्भका पुरातात्विक संरचना जोगाउन सारियो 'दियो सेड'

images
मंगलबार, फागुन ८ २०८०
images
अशोक स्तम्भका पुरातात्विक संरचना जोगाउन सारियो 'दियो सेड'

अशोक स्तम्भ नजिकैको दियोसेड मायादेवी मन्दिर परिसरको पश्चिमपट्टी एकैदिन एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो स्थल’ बनाइएको छ।

images
images

लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भको पुरातात्विक संरचनालाई जोगाउने प्रयास सुरु गरिएको छ। लुम्बिनीलाई बुद्ध जन्मस्थलका रुपमा चिनाउने मुख्य आधार अशोक स्तम्भका पुरातात्विक संरचनामा असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर सारिएको छ।

images
images
images

युनेस्कोलगायत पुरातत्वविद्हरुले दिएको सुझावअनुसार नै लुम्बिनी विकास कोषले मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भ नजिकै बत्ती बालिँदै आएको दियो सेड मन्दिर परिसर बाहिर निर्माण गरेर स्थानान्तरण गरिएको विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताए। विकास कोषले हालै अशोक स्तम्भ नजिकै रहेको दियोसेड मायादेवी मन्दिर परिसरको पश्चिमपट्टी एकै दिन एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो स्थल’ बनाइएको छ।

images
images

'लुम्बिनी चिनाउने भनेकै अशोक स्तम्भले हो, त्यसैले विगतमा अशोक स्तम्भ नजिकै बालिँदै आएको दियोलाई अलि टाढा लैजाने विज्ञहरुको सुझाव थियो', उनले भने, 'सुझावअनुसार नयाँ दियो सेडक स्थापना गरिएको छ।'

images
images

बुद्ध जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा अशोक स्तम्भलाई लिइन्छ। ई.पु.२४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेखनै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणीक तथ्य हो।

युनेस्कोले सन् २०११ मा गरेको अध्ययनमै लुम्बिनी वरिपरि निर्माण भएका उद्योगको धुवाँ, धुलो, सिमेन्टका कण र स्तम्भ नजिकै बालिएको बत्तीको धुँवाले अशोकस्तम्भको पुरातात्विक संरचनालाई नकरात्मक असर परेको देखाएको थियो। बत्ती बाल्दा त्यसबाट निस्कने कार्बन अशोक स्तम्भमा टाँसिएर पुरातात्विक संरचनमा नकरात्मक असर गरिरहेकाले त्यहाँबाट बत्ती बाल्नेस्थल हटाउन आफुहरुले सुझाव दिएको कोषका पुरातत्व महाशाखा प्रमुख एंव वरिष्ठ पुरातत्वविद् हिमालकुमार उप्रेतीले बताए।

उनले लुम्बिनी वरिपरिका सिमेन्ट उद्योगबाट सिमेन्टका धुलो टाँसिएको, अशोक स्तम्भभित्र चढाउने विभिन्न सिक्का, दूध जस्ता फलफूलले समेत असर पारेको देखिएकाले सचेत हुनुपर्ने बताए। सन् २०११ देखि २०१३ सम्म पवित्र बगैंचा क्षेत्रमा यूनेस्को जापानीज फण्ड एण्ड ट्रष्टको परियोजना अन्तर्गत काम गर्दा दियो सेडक स्थानान्तरण गर्न सुझाव दिइएको उप्रेतीले बताए। 

अशोक स्तम्भको सुरक्षा र लुम्बिनीमा पुग्ने तीर्थालुहरुलाई मध्यनजर गरी कोषले मायादेवी मन्दिर प्रवेशद्वारको पश्चिमपट्टी दियोस्थल निर्माण गरेको छ। अहिले एकै पटकमा आठ हजार बत्ती बाल्न सकिन्छ। कोषले दैनिक रुपमा एक लाख दियो बाल्न मिल्ने गरी दीर्घकालीन योजना बनाएको छ।

गत माघ १२ गते उपाध्यक्ष डा लामासहित खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र चिनियाँ चर्चित हलिउडका कलाकार जेटलीले दियो सेडकको उद्घाटन गरेका थिए। महायानी बौद्धिष्टहरुले आफ्नो परिवारको स्मृतिमा प्राय दियो बाल्ने प्रचलन छ। बौद्धिष्ट बाहेक अन्य तीर्थालुलेसमेत लुम्बिनी पुगेपछि दियो बाल्ने प्रचलन बढ्दै गएको छ।

व्यवस्थित रुपमा दियोस्थल निर्माण भएपछि धार्मिक एकता र सांस्कृतिक सम्बन्धसँगै कोषको आम्दानीमा समेत सघाउ पुर्‍याएको छ। माघ १२ देखि फागुन मसान्तसम्म १३ लाख नौ हजार आठ सय रूपैयाँ बराबरको बत्तीबाट आम्दानी भएको कोषको लेखा शाखाले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन ८ २०८०१३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend