बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा, समस्यामा किसान

images
मंगलबार, फागुन ८ २०८०
images
images
रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा, समस्यामा किसान

चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ। मल भन्सारमै थन्किँदा हिउँदे बाली लगाउने किसान भने समस्यामा परेका छन्।

images
images

चौतारा- चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ। एक सय ११ कन्टेनरले बैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो।

images
images

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड-अनलोड गर्न कठिनाइ परेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउँछन्।

images
images

खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ। रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै राजधानी लाने गरेको उनले जानकारी दिए।

images
images
images

भूकम्प र कोरोनापछि खुलेको तातोपानी नाकामा पाँच वर्षदेखि एकछत्र काम गर्दै आएको सिल्क कम्पनीअन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीनबाट मल आयात गरेको हो।

सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको छ। ठेक्का आर्थिक वर्ष ०७९/८० मा सम्झौता भएको थियो।

सम्झौताअनुसार सिल्क मार्केटले रासायनिक मल समयमै ल्याउन सकेन। गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पा बताउँछन्।

कृषि सामग्री कम्पनी लिमिटेडसँग कुराकानी गरिरहेको र प्रक्रिया पूरा भएपछि मल काठमाडौं लगिने शेर्पा बताउँछन्। मल भन्सारमै थन्किँदा हिउँदे बाली लगाउने किसान भने समस्यामा परेका छन्। रासस


प्रकाशित : मंगलबार, फागुन ८ २०८०११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend