काठमाडौं- सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति लिएको भन्दै सरकारले उनलाई पदबाट हटाउने निर्णय गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेललाई अहिले प्रकाउ गरेर अनुसन्धान गरिरहेको छ। पौडेलविरुद्ध अख्तियारले भ्रष्टाचार गरेको भन्दै गएको बैशाखमा नै मुद्दा दर्ता गरेको थियो।
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलले सुरक्षण मुद्राणसँग सम्बन्धित उपकरण खरिदमा अनियमितता गरेको अभियोग लगाउँदै अख्तियारले मुद्दा दायर गरेको थियो। उनीविरुद्ध ७० करोड रुपैयाँ बिगो दाबी गर्दै गएको मुद्दा दायर भएको थियो।
अख्तियारले गएको माघ १० गते विकलसँगै भ्रष्टाचारको मुद्दा दर्ता भएका नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललाई पनि प्रकाउ गरेको हो।