काठमाडौं- सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा चण्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई नियुक्त गरेको हो। पदपूर्ति समितिले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि तीन जनाको नाम सिफारिस गरेको थियो।
१३ जना आवेदक मध्येबाट चण्डिकाप्रसाद भट्ट, चितवनका डोलप्रसाद चापागाईँ र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनीको नाम सिफारिस भएको थियो। सोही मध्यबाट सरकारले भट्टलाई नियुक्त गरेको हो।
भट्ट विषेश आर्थिक क्षेत्र (सेज) का कार्यकारी निर्देशक समेत रहेका गोरखाका भट्टले विगतमा पनि आयल निगमको नेतृत्व सम्हालिसकेका छन्।