बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

भन्सारको स्वचालित अनुगमनबाट ६ महिनामा ७७ करोड थप कर संकलन

images
सोमबार, फागुन ७ २०८०
images
भन्सारको स्वचालित अनुगमनबाट ६ महिनामा ७७ करोड थप कर संकलन

विभागले यो प्रणालीलाई प्रभावकारी बनाउनका लागि अपरेटरको छनौट गोलाप्रथाबाट गर्छ। कार्यालय विशेषको अनुगमनका लागि अपरेटर छनौट हुन्छ।

images
images

काठमाडौं- भन्सार विभागले चालु आर्थिक वर्षको ६ महिनामा अनुगमनबाट ७७ करोड १७ लाख ३५ हजार रुपैयाँ थप कर संकलन गरेको छ। 

images
images
images

विभागले साउनदेखि पुससम्मको अवधिमा प्रत्यक्ष अनुगमन प्रणालीबाट सो थप कर संकलन गरेको हो। विभागले प्रविधिको प्रयोगबाट गरेको अनुगमनबाट थप कर संकलन गरेको हो। 

images
images

गत वर्षको तुलनामा विभागले चार गुणा कर संकलन गरेको हो। गत वर्षको यही अवधिमा १८ करोड ८६ लाख रुपैयाँ थप कर संकलन भएको थियो। 

images
images

भन्सार विभागमा रहेको स्वचालित प्रणालीबाट गरिएको अनुगमनबाट यसरी थप कर संकलन हुँदै आएको छ। आयातकर्ताले गरेको घोषणा, पेस गरेका कागजात र प्रज्ञापनपत्रको प्रणालीले रिड गरेर सूचक दिन्छ। यस्तो सूचकमा गडबडी भएमा त्यसको थप अनुसन्धान हुन्छ। 

विभागले यो प्रणालीलाई प्रभावकारी बनाउनका लागि अपरेटरको छनौट पनि गोलाप्रथाबाट गर्छ। कार्यालय विशेषको अनुगमनका लागि अपरेटर छनौट हुन्छ। 

न्यून बीजकीकरणको जोखिम सूचीमा परेका वस्तुमाथि भन्सार जाँचपासमा कडाइ, रसुवा नाकामा व्यापारीको विरोध न्यून बीजकीकरणको जोखिम सूचीमा परेका वस्तुमाथि भन्सार जाँचपासमा कडाइ, रसुवा नाकामा व्यापारीको विरोध

भन्सारलाई पूर्ण प्रविधिमैत्री बनाएर मान्छेको सम्पर्कबिना काम सम्पन्न हुनसक्ने बनाउने योजना सरकारले अघि सारेको धेरै भइसकेको छ। प्रविधिको उपयोगबाट प्रभावकारी अनुगमन हुन्छ। 

पछिल्लो समय यही स्वचालित प्रणालीको अनुगमन तीव्र हुँदा रसुवा भन्सारबाट आयात गर्नेहरूले आन्दोलन नै गरेका थिए। बिलबिजक तथा घोषणामा तालमेल नहुँदा भन्सारले थप कर निर्धारण गर्दै आएको छ। 

यसरी धेरै थप कर निर्धारण भएपछि रसुवा नाकामा व्यवसायीले आन्दोलन गरेका थिए। 


प्रकाशित : सोमबार, फागुन ७ २०८००९:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend