बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

लुम्बिनीमा निजामती सेवा नियमावली पारित

images
आइतबार, फागुन ६ २०८०
images
images
लुम्बिनीमा निजामती सेवा नियमावली पारित

मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले कर्मचारी व्यवस्थापन र बढुवाका लागि सरकारले नयाँ नियमावली ल्याएको बताए।

images
images

देउखुरी- लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ। मन्त्रिपरिषद्‌को आजको बैठकले उक्त नियमावली पारित गरेको हो।

images
images
images

राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भइ कार्यान्वयनको चरणमा छ भने नियमावली मन्त्रिपरिषद्‌बाट स्वीकृत भइसकेको छ। 

images

मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले कर्मचारी व्यवस्थापन र बढुवाका लागि सरकारले नयाँ नियमावली ल्याएको बताए। उनले राज्यका निजामती कर्मचारीका लागि लागु हुने कानून र नियम बनेकाले अब सरकारले नयाँ स्थानीय तहको कर्मचारी सेवा सुरु गर्ने तयारी गरिरहेको बताए।

images
images
images

यसैबीच, ‘राज्यको योजनाका लागि बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड २०८०’ स्वीकृत गर्ने निर्णय भएको छ। रासस


प्रकाशित : आइतबार, फागुन ६ २०८०१८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend