शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपाली बजारमा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ६ २०८०
images
images
एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपाली बजारमा

यस एक्साइड इन्भर्टर सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङ र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरु र एक्साइडका नेपालभरी रहेका डिलरहरुको उपस्थिती रहेको थियो।

images
images

काठमाडौं- एक्साइड इन्डस्ट्रिजको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले एक्साइडको इन्भर्टर नेपाली बजारमा सार्वजनिक गरेको छ। एक्साइड स्टार र एक्साइड म्याजिक नामका दुईवटा इन्भर्टर एक कार्यक्रमबीच एकैसाथ सार्वजनिक गरिएको हो। 

images
images

एक्साइड स्टारमा एड्भान्स माइक्रोकन्ट्रोलर, लो भोल्टेज अपरेसनका लागि उपयुक्त प्योर साइन वेभ सेप, दुइवटा अप्सनमा चार्ज गर्न सकिने, एलईडी डिस्प्ले इन्टरफेस र अटो स्मार्ट प्रोटेक्सन लगायतका रहेका छन्। 

images
images

यसैगरी एक्साइड म्याजिकमा डिजिटल सिग्नल प्रोसेसर, अटो सेन्स इन्टेलिजेन्ट कन्ट्रोल, एक्स्ट्रिमली लो हार्मोनिज, कलरफुल एलईडी इन्टरफेस, दुईवटा अप्सनमा चार्ज गर्न सकिने, अटो स्मार्ट प्रोटेक्सन र नोइजलेस अपरेसन लगायतका विशेषतहरु रहेका छन्। 

images
images

यस एक्साइड इन्भर्टर सार्वजनिक कार्यक्रममा सिप्रदी टे«डिङ र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरु र एक्साइडका नेपालभरी रहेका डिलरहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले एक्साइडका नयाँ उत्पादन उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरेर ल्याइएको बताए। 

‘विगत लामो समयदेखि पावर व्याकअप सेवा दिँदै आइरहेकोमा नयाँ इन्भर्टरहरुले आगामी दिनमा नयाँ उचाई र आयाम छुने कुरामा विश्वस्त हुन सम्पूर्ण डिलरहरुलाई आग्रह गर्छु,’ सीईओ श्रेष्ठले भने। साथै एक्साइड इन्डियाका कार्यकारी उपाध्यक्ष मुकुल कन्डवालले एक्साइड स्टार र एक्साइड म्याजिक इन्भर्टर आएसँगै नेपाली बजारमा पावर व्याकअपको रेञ्ज पूरा भएको छ उल्लेख गरे। 

देशकै नम्बर एक ब्याट्री ब्राण्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ। व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ।


प्रकाशित : आइतबार, फागुन ६ २०८०१७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend