बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

लघुवित्त संस्थाहरू नियम परिपालनामा अब्बल रहेको राष्ट्र बैंकको निष्कर्ष

लघुवित्तको ४ खर्ब ऋण लगानी, खराब कर्जा बढ्यो

images
आइतबार, फागुन ६ २०८०
images
images
लघुवित्त संस्थाहरू नियम परिपालनामा अब्बल रहेको राष्ट्र बैंकको निष्कर्ष

अहिले नेपालमा कुल ५७  वटा लघुवित्त संस्था रहेका छन्।  यसमा  ४२ वटा राष्ट्रियस्तरका छन् भने जिल्ला तथा क्षेत्रीयस्तरका ४ वटा रहेका छन्। प्रदेशस्तरका संस्थाको संख्या ११ रहेको छ।

images
images

काठमाडौं- लघुवित्त संस्थाहरू राष्ट्र बैंकको नियामकीय निर्देशन पालनामा अब्बल रहेको राष्ट्र बैंकले निष्कर्ष निकालेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो सुपरिवेक्षणमा अधिकांश संस्थाहरूले निर्देशन पालना गरेको पाइएको हो।

images
images
images

राष्ट्र बैंकले २०८० को पुससम्मको वित्तीय विवरणका आधारमा गरेको गैरस्थलगत सुपरिवेक्षणमा यस्ता संस्थाहरूले नियामकीय निर्देशनअनुसार नै काम गरेको देखिएको छ। 

images

सुपरिवेक्षण प्रतिवेदनमा पछिल्लो एउटा लघुवित्तलाई मात्र समस्याग्रस्त घोषणा गरेर नियन्त्रणमा लिइएको उल्लेख छ। यस बाहेकका सबै संस्थाले ऐन नियम तथा निर्देशनअनुसार सेवा दिइरहेको पाइएको उल्लेख गरिएको छ। 

images
images
images

राष्ट्र बैंकले ७ प्रकारका मुख्य निर्देशनको परिपालनाको विश्लेषण गरेको थियो। 

पुँजीकोष अनुपातमा लघुवित्तले कूल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँजी र ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने अवस्था छ। यसमा ५५ वटा संस्थाले परिपालना गरेका छन्। यो निर्देशन अनुसार काम नगर्ने दुईमध्ये एकलाई कारबाही गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ। ८ प्रतिशत पुँजीकोष कायम नगर्ने सुपर लघुवित्त र  श्रृजनशील लघुवित्तलाई कारबाही गरिएको हो। 

वित्तीय स्रोत संकलन, कर्जा नोक्सानी व्यवस्था, धितो कर्जा अनुपात, अनिवार्य विवरण रिपोर्टिङको व्यवस्था सबैले परिापलना गरेका छन्। 

त्यस्तै अनिवार्य मौज्दात अनुपातमा भने सुपर लघुवित्त र  समाज लघुवित्त बाहेक सबैले पालना गरेका छन्। तर सम्पत्ति अनुपातमा पनि सुपर लघुवित्त बाहेक सबैले परिपलाना गरेका छन्। 

यसरी हेर्दा नियमन परिपालना नगर्नेमा सुपर लघुवित्त अगाडी देखिएको छ। 

अहिले नेपालमा कुल ५७  वटा लघुवित्त संस्था रहेका छन्।  यसमा  ४२ वटा राष्ट्रियस्तरका छन् भने जिल्ला तथा क्षेत्रीयस्तरका ४ वटा रहेका छन्। प्रदेशस्तरका संस्थाको संख्या ११ रहेको छ। 

लघुवित्तिका कुल ५ हजार ७३ शाखा छन् भने ७७ जिल्लामै यी संस्था पुगेका छन्। लघुवित्तका कुल १ हजार ४१४ समूह छन्। 

निष्क्रिय कर्जामा व्यापक वृद्धि 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्त संस्थाहरूको खराब कर्जा भने व्यापक वृद्धि भएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार थोक र खुद्रा कर्जा प्रदायक संस्थाको खराब निष्क्रिय कर्जामा गुणात्मक बढोत्तरी भएको हो। 

थोक कर्जा प्रदायक संस्थाहरूले पुससम्म ५४ अर्ब ८ करोड कर्जा प्रदान गरेका छन्। यस्ता संस्थाको कूल कर्जा तथा सापटीको २.२५ प्रतिशत निष्क्रिय अर्थात् खराब कर्जामा रुपान्तरण भएको छ। २०८० को असारमा यस्तो खराब कर्जा जम्मा ०.७१ प्रतिशत थियो। 

२०८० को असारको तुलनामा पुससम्म खराब कर्जा १८५ प्रतिशतले बढेको छ। 

त्यस्तै खुद्रा कर्जा प्रदायक लघुवित्तहरूको  कूल कर्जा लगानी ३ खर्ब ८५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। यस्ता संस्थाहरूको खराब कर्जा ७.४९ प्रतिशत पुगेको छ। गउको असरामा यस्तो कर्जा ५.५२ प्रतिशत थियो।  

 


प्रकाशित : आइतबार, फागुन ६ २०८०१७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend