शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

जनकपुरमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

images
आइतबार, फागुन ६ २०८०
images
images
जनकपुरमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट, ग्रिजको बारेमा विस्तृतमा जानकारी गराएका थिए।

images
images

काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना  रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम गरेको छ। 

images
images

जनकपुरमा नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक डिलर न्यू पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्ससँगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा १ सय ६० भन्दा बढी नयाँ बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएका थिए। 

images
images

कार्यक्रममा प्रमुख अतिथि जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, उपाध्यक्ष अम्भुप्रसाद साह र नेपाल ल्युब आयल लिमिटेडका सेल्स र मार्केटिङ विभागका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।  

images
images

विगत ६ वर्षदेखि डिलरको रुपमा जनकपुर र जलेश्वर क्षेत्रमा बिक्री वितरण गर्दै आइरहेका न्यू पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्सले यस क्षेत्रमा गल्फ लुब्रिकेन्टको माग अत्यधिक रहेको र ग्राहकहरुको पहिलो रोजाइमा रहेको बताएका छन्। कार्यक्रममा नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक दिनेशकुमार यादवले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए। 

उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेन्ट्स र ग्रेडका लुब्रिकेन्ट, ग्रिजको बारेमा विस्तृतमा जानकारी गराएका थिए। त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए। 

कार्यक्रममा गल्फ लुब्रिकेन्टका रिटेलर जानकी मोटर स्पेयर र सुजित एण्ड सुमित अटोलाई वेस्ट सेल्स अवार्ड प्रदान गरेको थियो। साथै आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रदान गरिने कम्पनीले जनाएको छ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ। नेपालमा गल्फ ब्राण्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ।  


प्रकाशित : आइतबार, फागुन ६ २०८०१५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend