बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो

images
आइतबार, फागुन ६ २०८०
images
images
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो

कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको सो विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको हो।

images
images

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

images
images
images

कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको सो विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको हो।

images

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइएको थियो। त्यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले ‘प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सभामा पेस गरेका थिए।

images
images
images

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० सभासमक्ष पेस गरिन्।

त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘विधायनसम्बन्धी विधेयक, २०८०’सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनसभासमक्ष पेस गरिन्।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन ११ गते दिउँसो १ बजे बस्नेछ। रासस


प्रकाशित : आइतबार, फागुन ६ २०८०१५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend