बिहीबार , असोज ३ गते २०८१    
images
images

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमको नयाँ अफर, के-के छन् सुविधा?

images
आइतबार, फागुन ६ २०८०
images
images
प्रजातन्त्र दिवसका अवसरमा टेलिकमको नयाँ अफर, के-के छन् सुविधा?
images
images

काठमाडौं- नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ।

images
images
images

टेलिकमले शहीदहरुको सम्मानार्थ शहीद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि आजदेखि सुरु गरेको सो अफर फागुन १२ सम्म उपलब्ध हुनेछ। 

अफरअनुसार अहिलेको फ्रि रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन-नेट भ्वाइस र १०० अन-नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहीद परिवारलाई निःशुल्क उपलब्ध गराइने टेलिकमले जनाएको छ। 

साथै शहीद परिवारलाई एफटीटीएचअन्तर्गत ५० एमबीपीएसको इयरली वान टाइम प्याकेज र कम्बो इयरली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको टेलिकमले जनाएको छ।

images

यस्तै कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ। यसअन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधासहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा सुविधा छ।

सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधासहितको फेस्टिभ कम्बो प्याकसमेत उपलब्ध छ। 

आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ।


प्रकाशित : आइतबार, फागुन ६ २०८०१३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend