मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

सदनमा प्रधानमन्त्रीले भने - ढुक्कले भन्न सक्छु अर्थतन्त्र संकटमुक्त भएको छ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ६ २०८०
images
सदनमा प्रधानमन्त्रीले भने - ढुक्कले भन्न सक्छु अर्थतन्त्र संकटमुक्त भएको छ

हरेक मन्त्रालयहरुसँग सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र त्यसको प्रभावकारिताका विषयमा दिनहुँ समाधानमुखी छलफल गरिरहेको उनले बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी स्रोत बढाउन सरकारले खासगरी राजस्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचालन बढाउनेतर्फ विशेष पहल गरेको बताएका छन्। 

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले राजस्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न अब विशेष योजनासहित सरकार कडा रुपमा प्रस्तुत हुने उल्लेख गरे।

images
images

प्रधानमन्त्री दाहालले अहिले अर्थतन्त्रका कतिपय परिसूचकहरू सकारात्मक रहेपनि केही क्षेत्रमा अझै समस्या रहेको भए पनि पछल्लो समय सुधारको दिशामा आगाडि बढेको बताए। 

images
images

'अर्थतन्त्र पूर्णरूपमा चलायमान भइसकेको छैन। एक वर्ष अघि शोधनान्तर घाटा उच्च बिन्दुमा पुगेको थियो,' प्रधानमन्त्रीले भने, 'विदेशी मुद्राको सञ्चिति न्यून बिन्दुमा झरेको थियो। बैंकिङ क्षेत्रमा तरलताको अभाव रहेको, ब्याजदर उद्योगी व्यवसायीले धान्न नसक्ने तहमा पुगेको र मूल्य वृद्धि पनि उच्च रहेको अवस्था थियो। तर आज म सम्मानित सदनलाई ढुक्कले भन्न सक्छु, अर्थतन्त्र संकटमुक्त भएको छ।'

हरेक मन्त्रालयहरुसँग सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र त्यसको प्रभावकारिताका विषयमा दिनहुँ समाधानमुखी छलफल गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले आगामी दिनमा यस्ताका कार्यको सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गरे।


प्रकाशित : आइतबार, फागुन ६ २०८०१३:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend