मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउन गुरुयोजना संशोधन गरिने

images
आइतबार, फागुन ६ २०८०
images
चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउन गुरुयोजना संशोधन गरिने

'अर्थतन्त्रका प्रायः सूचकहरु सकारात्मक छन् तर केही क्षेत्रमा अझै चाप छ। अर्थतन्त्रमा देखा परेका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ', प्रधानमन्त्रीले भने।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको आयोजनाका रुपमा सञ्चालन भइरहेको चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, 'चुरे क्षेत्रको जैविक विविधता, प्राकृतिक स्रोत, पानी र स्थानीय बासिन्दाको समग्र संरक्षण र दिगो उपयोगमा सरकार प्रतिबद्ध छ।'

images
images

चुरे क्षेत्रका नदीहरूको कटानको असर रोक्न नदी नियन्त्रण र तटबन्धका काम सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमार्फत चुरे र मधेस संरक्षणका अरु पनि कार्यक्रमहरू वार्षिक रुपमा सञ्चालन भइरहेको बताए।

images
images

'अर्थतन्त्रका प्रायः सूचकहरु सकारात्मक छन् तर केही क्षेत्रमा अझै चाप छ। अर्थतन्त्रमा देखा परेका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ', प्रधानमन्त्री प्रचण्डले भने, 'कृषि, पशुपंक्षीपालन, घरेलु, साना तथा मझौला उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सामुहिक उद्यमशीलतामार्फत उत्पादन र रोजगारी बढाउने विशेष कार्यक्रम सात सय ५३ वटै पालिकामा कार्यान्वयन गर्ने गरी अघि बढाइँदै छ। स्वदेश फर्किएर आफ्नै भूमिमा रोजगारी/स्वरोजगारी गर्न चाहनेले यस कार्यक्रममा सहभागी हुन विदेशबाटै आवदेन दिन सक्ने गरी नयाँ व्यवस्था गरिदैँछ।' 


प्रकाशित : आइतबार, फागुन ६ २०८०१३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend