काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। गएको शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको हो।
आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ४ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।