आइतबार, वैशाख २३ गते २०८१    
images
images

साढे ११ वर्षदेखि ग्राउन्डेड ट्वीनअटर जहाज मर्मतमा अध्यक्ष अधिकारीको आलटाल, इन्जिन सट्टापट्टा गर्न पुन: टेन्डर

कमिसनको चक्करमा बोलकबोलबाट इन्जिन व्यवस्थापनको तयारी

images
images
images
साढे ११ वर्षदेखि ग्राउन्डेड ट्वीनअटर जहाज मर्मतमा अध्यक्ष अधिकारीको आलटाल, इन्जिन सट्टापट्टा गर्न पुन: टेन्डर

जहाज खरिदकै विषयमा निगमले मागेको रायमा कम्पनी नै तोकेर सहमति नदिएकै कारण पर्यटनसचिव भरतमणी सुवेदीको मन्त्री सुदन किरातीकै दबाबमा सरुवासमेत भयो।

images
images

काठमाडौं- नेपाल वायु सेवा निगमको ट्वीनअटर डीएचसी ६-३०० कलसाइन एबीएक्स जहाज साढे ११ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ। जहाज २०६९ साल भदौ ९ देखि ग्राउन्डेड भएको हो।

images
images
images

लुक्लाबाट काठमाडौं उडानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा जहाजमा समस्या देखिएको थियो। उक्त समयदेखि जहाज उडानमा फर्कन सकेको छैन। त्यसयता निगममा आधा दर्जन नेतृत्व परिवर्तन भइसकेको छ तर जहाज मर्मत भने भएको छैन।

images

हरेक पटक आउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले जहाज मर्मतका लागि निगमलाई झकझकाइरहेका छन् तर अस्थिर मन्त्रीपद र निगम नेतृत्वमा हुने राजनीतिक हस्तक्षेपका कारण जहाज मर्मत भएको छैन।

images

फेरि अहिले जहाज मर्मत गरेर उडानयोग्य बनाउन छोडेर कमिसनका लागि आन्तरिकमा स्टल उडानका लागि तीनवटा जहाज खरिद गर्ने निर्णय गरिएको छ।

images
images

जहाज खरिदका लागि अहिले टेन्डरमा प्रस्ताव पेस गर्ने कम्पनीहरुले पेस गरेको प्रस्तावउपर मूल्यांकन भइरहेको छ। निगम स्रोतका अनुसार अहिलेको टेन्डरबाट जहाज खरिद भने नहुने निश्चित भइसकेको छ। निगमले ट्वीनअटर नै जहाज खरिद गर्न लागेको छ तर उक्त योजना सफल हुने अवस्था छैन।

जहाज खरिदकै विषयमा निगमले मागेको रायमा कम्पनी नै तोकेर सहमति नदिएकै कारण पर्यटनसचिव भरतमणी सुवेदीको मन्त्री सुदन किरातीकै दबाबमा सरुवासमेत भयो।

जहाज खरिदमा निगम सञ्चालन बोर्डमा प्रतिनिधित्व गर्ने अर्थ मन्त्रालयका प्रतिनिधि तथा सहसचिव धनिराम शर्माले नै जहाज खरिदमा नोट अफ डिसेन्ट लेखेका थिए। यसको अर्थ जहाज खरिदमा निगमले अर्थबाट सहमति पाएको छैन तर जहाज खरिद प्रक्रिया चलिरहेको छ।

तीनवटा आन्तरिकतर्फको स्टल उडानका लागि जहाज खरिद प्रक्रियासँगै साढे ११ वर्षदेखि ग्राउन्डेड जहाज मर्मतको काम पनि सुरु भएको छ तर जहाज मर्मतको काममा निगम अध्यक्ष युवराज अधिकारीले आलटाल गर्नेगरी काम गरिरहेका छन्।

जहाज मर्मतका लागि १७ देखि २० करोड खर्च हुने अनुमान गरिएको छ। जहाजमा रहेको दुईवटै इन्जिन काम लाग्ने अवस्थामा छैन। इन्जिनबाहेक पनि जहाजमा रहेका पार्टपुर्जा पहिले नै उडानमा रहेका ट्वीअटर जहाज बिग्रँदा प्रयोग भइसकेका छन्। तर पनि जहाज मर्मतको नाटक मञ्चन भइरहेको छ। जहाज मर्मत गरेर उडान गर्न योग्य बनाउन सकिने भएपनि सोहीअनुरुप काम भइरहेको छैन।

जहाज मर्मतको कार्यतालिका मन्त्रीले मागिरहेका छन्। अधिकारी भने कमिसनको चक्करमा दुईवटा न्यारोबडी जहाज र तीनवटा स्टल उडानका लागि खरिद गर्न लागिको जहाज दिने कम्पनीसँगको सेटिङमा नै व्यस्त छन्। अधिकारी अहिले पनि सेटिङकै लागि जापान भ्रमणमा छन्। 

अधिकारी अधिकांश खरिदको कम्पनी छनोट गर्ने बेला विदेश भ्रमणमा नै गएका हुन्छन्। अधिकारीले इन्जिन भाडामा तथा मर्मतको जिम्मा 'इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई)लाई सुम्पने बेला पनि एक साता थाइल्याण्ड बसेर आएपछि काम गरेका थिए।

जहाज मर्मतमा ढिला गरेर इन्जिन भाडामा लिँदै अधिकारीले कमिसन रकम संकलन गरिरहेका छन्। कमिसनको रकम व्यवस्थापनका लागि पनि अधिकारी हरेक महिना विदेश भ्रमणमा गइरहेका हुन्छन्। तर विमास्थलमा ग्राउन्डेड भएर बसेको र अहिले मर्मतको काम चलिरहेको जहाजका लागि आवश्यक पार्टपुर्जा व्यवस्थापनमा चासो नदिएको इन्जिनियरिङ विभागकै कर्मचारीहरु बताउँछन्।

अधिकारीले इन्जिन एक्सचेन्जकै लागि भएको टेन्डरमा पनि कसैले पनि काम गर्न नसक्नेगरी इन्जिन एक्सचेन्जको ठेक्का गरैका कारण पहिलो पटकको टेन्डरमा कोही पनि नआएको कर्मचारीहरु बताउँछन्।

अहिले पुन: इन्जिन एक्सचेन्जका लागि दोस्रो पटक टेन्डर भएको छ। सम्भवतः यसमा पनि कुनै कम्पनीले निगमको प्रस्ताव स्वीकार गर्न नसक्ने निगम स्रोतको दाबी छ। योसँगै दुई पटकसम्म टेन्डर गर्ने र टेन्डरमा कुनै पनि कम्पनीले इन्जिन एक्सचेन्जमा प्रस्ताव नगरेपछि तेस्रो पटक कम मूल्य बढाएर बोलकलमा खरिद गरेर कमिसन खाने खेलमा अधिकारी लागेका छन्।

जसका कारण मर्मत भएर उडानमा आउन सक्ने जहाज पनि मर्मतमा उनले ढिलासुस्ती गरिरहेका छन्। जहाजको इन्जिनको साइकल बाँकी नै छ। विङको लाइफ सकिएको छ। साथै अब सबै वडी तथा पार्ट्सको परीक्षण गर्न जरुरी छ। त्यसको लागि निगमकै इन्जिनियरहरुसमेत योग्य छन्। जहाज मर्मत गरेमा दैनिक ८ वटासम्म उडान तथा अवतरण गर्न सक्छ।

सोही ट्वीनअटर बीएचसी ६-३०० मोडलका दुईवटा जहाज कलसाइन एबीटी र एबीयू भने अझै उडान गरिरहेका छन्।

यसका लागि पाँच जना क्याप्टेन र ४ जना कोपाइलट पनि रहेका छन्। निगम व्यवस्थापनले चाहने हो भने केही हप्तामै थप क्याप्टेन तयार गर्न सक्छ। निगमका मर्मत सम्भार विभागमा कार्यरत इन्जिनियरहरुका अनुसार जहाज व्यवस्थापनले चाहने हो भने १५ देखि २५ दिनभित्रमा उडानका लागि तयार पार्न सकिन्छ।

images

प्रकाशित : आइतबार, फागुन ६ २०८०१०:२५

प्रतिक्रिया दिनुहोस