बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

हटाइँदै बुलबुले तालको झार, फागुन दोस्रो सातादेखि डुंगा चलाइने

images
शनिबार, फागुन ५ २०८०
images
images
हटाइँदै बुलबुले तालको झार, फागुन दोस्रो सातादेखि डुंगा चलाइने

डुंगा चलाउन कागजी प्रक्रिया अन्तिम चरणमा रहेकाले एक साताभित्रै ताल सफा गरिसक्ने तथा लगतै डुंगा चलाउन सहज हुने वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन्। ताल सरसफाइका लागि समितिले दुई लाख रूपैयाँ बजेट छुट्याएको छ।

images
images

सुर्खेत- सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ। सुर्खेत उपत्यका नगर विकास समितिले डुंगा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो।

images
images

ताल सरसफाइका लागि समितिले दुई लाख रूपैयाँ बजेट छुट्याएको छ। त्यहीँ बजेटबाट समितिले काम थालेको हो। डुंगा चलाउन कागजी प्रक्रिया अन्तिम चरणमा रहेकाले एक साताभित्रै ताल सफा गरिसक्ने तथा लगतै डुंगा चलाउन सहज हुने वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन्। पाँच वर्षका लागि डुंगा चलाउन आवश्यक प्रक्रियागत काम अन्तिम चरणमा पुगेको र सम्भवतः फागुन दोस्रो सातादेखि डुंगा चलाइने उनले बताइन्।

images
images

नगरप्रमुख ढकालले झार हटाउने कार्यले तालको संरक्षणसँगै यसको आकर्षण र महत्व बढ्ने बताइन्। उनले भनिन्, 'बुलबुले सुर्खेतको मुख्य चिनारी हो, यसको व्यवस्थित विकास गरेर डुंगा सञ्चालन गर्छौँ।' उनले बृहत् गुरुयोजनाअनुसारका सबै संरचना निर्माण गरिने जानकारी दिइन्।

images
images
images

साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एउटा हो। कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ। विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो। बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै संघीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहने गरेको छ। रासस


प्रकाशित : शनिबार, फागुन ५ २०८०१३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend