आइतबार, वैशाख २३ गते २०८१    
images
images

एक अर्ब लगानीमा भरतपुर विमानस्थलको रन-वे विस्तार गरिने, सर्वेको काम सुरु हुँदै

images
images
images
एक अर्ब लगानीमा भरतपुर विमानस्थलको रन-वे विस्तार गरिने, सर्वेको काम सुरु हुँदै
images
images

काठमाडौं- चितवनको भरतपुर आन्तरिक विमानस्थल विस्तारको योजना अगाडि बढेको छ। विमानस्थलको रन-वे विस्तारका लागि आवश्यक १४ बिघा जग्गा नेपाल आर्मीले उपलब्ध गराउने भएसँगै काम अगाडि बढेको हो।

images
images
images

विमानस्थलको रन-वे विस्तारका लागि आर्मीले घोडा प्रजनन केन्द्र सञ्चालन भइरहेको ठाउँ उपलब्ध गराउने भएको हो। सरकारकाले आर्मीलाई घोडा प्रजनन केन्द्र सञ्चालनका लागि पूर्वी नवलपुरको शक्तिखोरमा जग्गा दिने भएको छ।

images

रन-वे विस्तार तथा घोडा प्रजनन केन्द्रको संरचना निर्माणको सर्वे सहजीकरण लागि तीन सदस्यीय कमिटीसमेत बनेको छ। भरतपुर महानगरपालिकाका प्रतिनिधि, प्राधिकरणका इन्जिनियर र आर्मीका प्रतिनिधि रहनेगरी कमिटी बनेको प्राधिकरण प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

images

सर्वेको काम सकिएलगत्तै रन-वे विस्तारका लागि टेन्डर हुने छ। घोडा प्रजनन केन्द्रको संरचना निर्माणका लागि भने प्राधिकरणले आर्मीलाई ३५ करोड रुपैयाँ दिनेछ।

images
images

विमानस्थलको रन-वे विस्तार तथा रात्रिकालीन उडानका लागि आवश्यक संरचना तथा इलोक्ट्रोनिक तथा मेकानिकल काममा लागिसमेत गरी एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। 

यो विमानस्थलको रन-वे विस्तारको काम जति सक्दो चाँडो गर्नुपर्ने अवस्थामा छ। यो विमानस्थलमा अहिले एटीआर ४२ जहाजमात्रै उडान हुन्छ। जुन जहाज बुद्ध एयरसँग मात्रै छ। तर उक्त जहाजको उडान घण्टा पनि धेरै वर्षलाई पुग्ने छैन। विमानस्थलको रन-वे विस्तार गरी एटीआर ७२ जहाज अवतरण गर्न सक्ने बनाउन ढिला भएको अवस्थामा भरतपुर हवाई सञ्जालबाट बाहिरिन पनि सक्ने छ।

सोही कारण सरकारले विमानस्थलको रन-वे विस्तारको काम तीब्रताका साथ  गर्न लागेको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार ढिलोमा पनि दुई वर्षभित्र रन-वे विस्तारको काम सकिने र एटीआर ७२ जहाज ल्याण्ड हुने अवस्थामा पुग्ने छ।

रन-वे विस्तारको योजनामा सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरणको लागि जग्गा प्राप्तिमा ढिलासुस्ती भइरहेको थियो। पहिले नेपाल ट्रष्टको जग्गामा सार्ने भनिएपनि कानूनी अड्चनका कारण सम्भव भएको थिएन। अहिले भने सरकारले घोडा प्रजनन केन्द्रका लागि शक्तिखोरमा जग्गा दिने निर्णयसँगै काम सुरु भएको हो। 

विमानस्थल विस्तारको विषय उठान भएको पनि १० वर्षभन्दा बढी भइसकेको छ। पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पालामा यो विमानस्थल विस्तारको विषयमा अध्ययन गर्न समितिसमेत बनेको थियो। समितिले विमानस्थल विस्तार अपरिहार्य रहेको ठहरसहितको प्रतिवेदन बुझाएको थियो।

विमानस्थल विस्तारका लागि सबैभन्दा पहिले विमानस्थलको रन-वे नजिकै रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण हुनपर्ने सुझाव दिएको थियो। साथै अध्ययन कार्यदलले विमानस्थल आसपासमा रहेका अवरोधहरूसमेत हटाउन सुझाव दिएको थियो। सोही प्रतिवेदनको सुझावअनुसार विमानस्थलको रन-वे विस्तारको काम अगाडि बढेको हो।

अब १३ सय मिटर लम्बाइ भएको भरतपुर विमानस्थलको रन-वे विस्तार गरेर १६ सय ५० मिटरको रन-वे बनाउइने छ।

यसैगरी १ अर्ब ७० करोड रुपैयाँको लागतमा भरतपुर विमानस्थलमा आधुनिक टर्मिनल भवन निर्माणको काम भने सुरु भइसकेको छ।

images

प्रकाशित : शनिबार, फागुन ५ २०८००७:३८

प्रतिक्रिया दिनुहोस