काठमाडौं- बिहीबार स्थिर रहेकाे सुनचाँदीको मूल्य शुक्रबार बढेको छ। सुनको मूल्य शुक्रबारका लागि प्रतितोला ६ सय रूपैयाँ बढेको हो।
शुक्रबारका लागि छापावाल सुन प्रतितोला १ लाख १७ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार पाँच सय ५० रूपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य ताेलामा ३५ रूपैयाँ बढेको हो। शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि १४ सय १० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।