मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

अर्थमन्त्री महतले भने - प्रधानमन्त्रीसँग कुनै विवाद छैन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ४ २०८०
images
अर्थमन्त्री महतले भने - प्रधानमन्त्रीसँग कुनै विवाद छैन

उनले मध्यावधि समीक्षाबाट बजेटको आकार नघटेको प्रष्ट पारे। संसदबाट पारित भएको सुरुवाती बजेट नै कायम भएको उनको भनाइ छ।

images
images

काठमाडौं- प्रधानमन्त्रीसँग कुनै पनि विवाद नभएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्। 

images
images
images

मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निरन्तर रुपमा छलफल र सल्लाहबाटै काम भइरहेको र प्रधानमन्त्रीसँग कुनै विवाद नभएको बताए। 

images
images

बजेटरी प्रणालीका विषयमा छलफल हुने र त्यस्तो छलफल भइरहेको पनि बताउँदै उनले त्यसको अर्थ विवाद भन्ने नभएको बताए। छलफलमा आउने धारणाबाट सामूहिक निर्णय हुने उनको भनाइ छ। 

images
images

सिलिङको विषयमा पनि कुनै विवाद र फरक मत नरहेको उनले बताए। 'छलफलमा जेजस्ता विषय उठे पनि अन्तत: हुने निर्णयमा कसैको पनि फरक मत छैन' उनले भने। 

त्यस्तै उनले मध्यावधि समीक्षाबाट बजेटको आकार नघटेको प्रष्ट पारे। संसदबाट पारित भएको सुरुवाती बजेट नै कायम भएको उनको भनाइ छ। 

बजेटको आकार घटेको नभइ समीक्षाबाट खर्चको प्रक्षेपणमात्र गरिएको उनले बताए।


प्रकाशित : शुक्रबार, फागुन ४ २०८०१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend