शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

सीजी मोटर्सले सार्वजनिक गर्‍यो जीएसीको आयोन वाई विद्युतीय कार

images
बुधबार, फागुन २ २०८०
images
images
सीजी मोटर्सले सार्वजनिक गर्‍यो जीएसीको आयोन वाई विद्युतीय कार

सीजी मोटरले आयोन वाईको नेपाली बजारमा ५४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको छ।

images
images

काठमाडौं- सीजी मोटर्सले चिनियाँ नयाँ विद्युतीय सवारी ब्रान्ड भित्र्याएको छ। सीजी मोटर्सले मंगलबार जीएसीको सव ब्रान्ड आयोन वाई विद्युतीय कार नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको हो। 

images
images

कम्पनीले थापाथलीमा शोरुमसमेत सञ्चालनमा ल्याएको छ। शोरुम र आयोन वाई विद्युतीय कार सीजी मोटरको प्रबन्ध निर्देशक निर्वाण चौधरीले सार्वजनिक गरेका हुन्। 

images
images

जीएसी आयोन वाई मोडलमा ६१.५ किलोवाट आवरको लिथियम आयन फस्फेट ब्याट्री उपलब्ध छ। चिनियाँ रेन्ज टेस्टिङ स्ट्यान्डर्ड एनइडीसी अनुसार उक्त कारले एक पटकको फुल चार्जमा ४ सय ९० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। 

images
images

आयोन वाईको लम्बाई ४५ सय ३५ एमएम, चौडाइ १८ सय ७० एमएम र उचाइ १६ सय ५० एमएम छ। यसमा २७ सय ५० एमएम लामो ह्वीलवेस रहेको छ। 

कम्पनीले यसमा १ सय किलोवाट पिकपावर क्षमताको मोटर दिएको छ भने पिकटर्क २ सय २५ एनएम रहेको जनाएको छ। आयोन वाईमा किलेस इन्ट्री, आइप्याडल, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको टचस्क्रिनलगायत विशेषता छन्। आयोन वाईमा टायर प्रेसर मोनिटर, एबीएस, ईएसपी, इमर्जेन्सी रिकभर सिस्टम, ६ वटा एयरब्याग, अटो होल्ड, क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा पाउनलगायत सुरक्षा विशेषता छ। 

सीजी मोटरले आयोन वाईको नेपाली बजारमा ५४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको छ। 

पछिल्लो समय विद्युतीय ब्रान्डमार्फत पुनः अटोमोबाइल बजारमा आएको चौधरी समूहले नयाँ नयाँ ब्रान्ड भित्र्याउने क्रम बढाएको छ।

सुरुमा कम्पनीले २ वर्षअघि होजोनको निटा ब्रान्डको भी मोडल ल्याएको थियो। जीएसीसँग सीजी मोटरले स्मार्ट ब्रान्ड पनि ल्याउने तय गरिसकेको छ। शून्य प्रदूषण सवारीमात्र ल्याउने बताएको सीजी मोटरले हिरो मोटोकर्पका मोटरसाइकल तथा स्कुटरको समेत आधिकारिक बिक्रेता लिएको छ। 


प्रकाशित : बुधबार, फागुन २ २०८०१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend