आइतबार, जेठ ६ गते २०८१    
images
images

अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ४० करोड डलर ऋण लिँदै सरकार 

images
मंगलबार, मंसिर २१ २०७८
images
images
अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ४० करोड डलर ऋण लिँदै सरकार 

कोषले तीन वर्षका लागि नेपाल सरकारलाई बिना ब्याजको यस्तो ऋण सुविधा दिन लागेको छ। 

images
images

काठमाडौं- कोरोना महामारीका कारण खस्किएको अर्थतन्त्रलाई सुधार गर्न भन्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ४० करोड अमेरिकी डलर ऋण लिने भएको छ। 

images
images
images

कोषले तीन वर्षका लागि नेपाल सरकारलाई बिना ब्याजको यस्तो ऋण सुविधा दिन लागेको छ। 

images

केही समयअघि नेपाल आएको कोषको प्रतिनिधि मण्डल र नेपाल सरकारका अधिकारीहरुबीचमा ४० करोड डलर ऋण विस्तार ऋण सुविधा अन्तर्गत नेपाललाई दिनका लागि सहमति भएको र आगामी हप्ताभित्र कोषको बोर्डले यसलाई अनुमोदन गर्ने बताइएको छ। 

images
images

कोषले एक प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक सुधारमा खर्च गर्नेगरी ऋण दिने सहमति भएको जानकारी दिएको छ। यो ऋणबाट राजस्व वृद्धि, सार्वजनिक खर्चको किफायति, वित्तीय नियमनमा सुधार जस्ता काममा खर्च हुने छ। 

images
images

बढ्दो आयात तर घट्दो विदेशी मुद्राको चापले अर्थतन्त्र संकटोन्मुख हुन थालेपछि सरकारले अन्तर्राष्ट्रिय मुद्राकोषसँग सहायता खोजेको थियो। 

भुक्तानी सन्तुलनमा दबाब बढ्दै गएपछि विदेशी मुद्राको व्यवस्था गर्न कोषसँग सरकारले अतिरिक्त ऋण सहायता (एक्सटेन्डेट क्रेडिट एसिसटेन्स) खोजेको थियो। 

यस्तो सुविधा सरकारले अर्थतन्त्र संकटोन्मुख भएपछि लिन खोज्छ। 'यस्तो ऋण सम्झौताको सुरुवात नै अर्थतन्त्र सङ्कटमा गएपछि हुन्छ' अर्थ मन्त्रालयका एक अधिकारीले भने। उ

नियमित दिने भन्दा अतिरिक्त यस्तो ऋण सुविधा लिनका लागि कुनै पनि मुलुकको आर्थिक सन्तुलन बिग्रेपछि लिइन्छ। न्यून आय भएका मुलुकलाई समस्या पर्दा  कुनै पनि मुलुकले पाउने ऋणको कोटाको दोब्बर ऋण दिने व्यवस्था छ। 

भुक्तानी असन्तुलिन हुँदै गएपछि, कुनै प्रकोपका कारण आर्थिक स्थिरतामा चुनौती थपिएपछि सरकारहरूलाई कोषले यस्तो ऋण दिँदै आएको छ। नेपालको अवस्था पनि संकटोन्मुख भएपछि यस्तो ऋण लिन खोजेको हो। 

विशेषगरी चालु वर्षको पहिलो महिनादेखि नै आयात अत्याधिक बढीरहेको छ। आयातको तुलनामा यसै पनि न्यून निर्यातले गर्दा व्यापार घाटाको खाडल बढ्दै गएको छ। यस्तो खाडल पुर्नका लागि सहयोगी हुने रेमिट्यान्स त्यही साउनदेखि घट्न सुरु गरेको छ भने चाडपर्वमै बढेको छैन। पर्यटन आम्दानी यसै पनि कोरोनापछि तहसनहस भएको छ। 

यी सबै कारणले गर्दा मुलुकभित्र भित्रिने र बाहिरिने मुद्राबीच असन्तुलन देखिन थालेको छ। भएको के छ भने नेपालमा भित्रिने भन्दा पनि बाहिरिने मुद्रा धेरै हुन थालेको छ। 

बाहिरिने र भित्रिने मुद्राबीच केही भए पनि सन्तुलनमा राख्न सक्ने प्राय सबै क्षेत्र नकारात्मक लयमा छन्। यही वर्ष चार महिनामा शून्य अनुदान छ। विदेशी दातृ निकायले नेपाल सरकारलाई दिने अनुदान यो वर्ष अहिलेसम्म शून्य छ भने विकास निर्माणका आयोजनामा खर्च हुने ऋण पनि सन्तोषजनक छैन। सरकारले निर्माणको काम खासै गर्न नसक्दा ऋणको रुपमा आउने रकम पनि आएको छैन। 

नेपाल राष्ट्र बैंकका अनुसार यो वर्षको असोज महिनासम्म शोधानान्तर  ७६ अर्ब १४ करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्ष यो १ खर्ब १ अर्बले बचतमा थियो। 

असोजसम्म मुलुकमा जम्मा १० अर्ब ९८ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति छ। जुन गएको असारको तुलामा ६ प्रतिशतले न्यून हो। तीन महिनाको आयातको अनुपातमा आगामी महिना आयात भएमा यो सञ्चितिले ७ महिना को वस्तु तथा सेवाको आयातमात्र धान्न सक्छ। 

यो ऋणमा ब्याज पनि तिर्न पर्दैन। 

ब्याज पनि नभएको ऋणमा केही जोखिम भने पक्कै हुन्छन्। 'यसमा जोखिम छन्। यो हामीले लिन चाहने भन्दा पनि कोष आफैले दिन खोज्छ। तर यसमा उका धेरै सर्तहरु हुन्छन्। केही संरचनात्मक सुधारका पनि सर्त हुन्छन्। त्यस्ता सर्त पूरा भएनन् भने पैसा आउँदैन' मन्त्रालयका एक अधिकारीले भने। 

यो सहायतासँगै कोषले धेरै सर्त राख्ने र त्यस्ता सर्त पूरा हुन नसकेपछि पैसा पनि रोकिने अवस्था आउँछ। बजेटरी अनुशासन, बजेट घाटा न्यूनीकरणदेखि संरचनात्मक सुधारसम्मका सर्त हुन्छन्। 

सरकारले अहिले कठिन अवस्थामा ऋण लिनका लागि सर्तमा सहमति जनाएपनि पछि पूरा नगर्दा पैसा नआउने अवस्था आउने भएकाले अहिले नै सजकता अपनाएर सम्झौता गर्नुपर्ने हुन्छ। 

 


 


प्रकाशित : मंगलबार, मंसिर २१ २०७८१२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend