शनिबार, साउन १२ गते २०८१    
images
images
images

डलर साट्ने भन्दै नौ लाख ठगी गर्ने सिन्धुपाल्चोकका दिलकुमार पक्राउ

images
सोमबार, माघ २९ २०८०
images
images
डलर साट्ने भन्दै नौ लाख ठगी गर्ने सिन्धुपाल्चोकका दिलकुमार पक्राउ

पक्राउ परेका दिलकुमारले ४० हजार डलर साट्ने डलर साट्ने भन्दै रुमालको पोको दिएर नौ लाख रूपैयाँ लगेका थिए। पछि रुमाल खोलेर हेर्दा उक्त रुमालमा कागज रहेको पाइएको भन्दै पीडितले निवेदन दिएपछि उनी पक्राउ परेका हुन्।

images

काठमाडौं- डलर देखाएर नौ लाख ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

images
images

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ घर भइ हाल बूढानीलकण्ठ नगरपालिका-५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

images

उनका अनुसार तेह्रथुमको म्याङ्लुङ नगरपालिका-९ घर भई हाल काठमाडौं टेकु बस्ने ३२ वर्षीय गिरिराज लिम्बूलाई डलर देखाइ ठगी गरी फरार रहेका निज लामालाई आइतबार बूढानीलकण्ठ-५ टुसालबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

लिम्बूलाई ४० हजार डलर साट्ने प्रलोभनमा पारी गत कात्तिक २३ गते भक्तपुरको चाँगुनारायण नगरपालिका-७ मुहानेपोखरी बोलाइ रुमालको पोको दिइ नौ लाख रूपैयाँ लगेर गएकामा रुमाल खोली हेर्दा उक्त रुमालमा कागज रहेको हुँदा ठगी भएको भनी पीडितले निवेदन दिएको प्रहरीले जनाएको छ।

images

डलर देखाएर ठगी गर्ने कार्यमा संलग्न अर्का व्यक्ति सिन्धुपाल्चोकको बाह्रबिसे-४ बस्ने वर्ष ३६ का अमृतकुमार लामालाई गत मङ्सिर २१ गते प्रहरीले पक्राउ गरिसकेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पाठकले बताए। रासस


प्रकाशित : सोमबार, माघ २९ २०८०१६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend