शुक्रबार, जेठ ४ गते २०८१    
images
images

कांग्रेस महाधिवेशन : बसोबास र खानपानमा साढे ३ करोड खर्च, ४ हजार जना अट्ने होटल, ८ हजारलाई भोजन

images
मंगलबार, मंसिर २१ २०७८
images
images
कांग्रेस महाधिवेशन : बसोबास र खानपानमा साढे ३ करोड खर्च, ४ हजार जना अट्ने होटल, ८ हजारलाई भोजन

आवास र खानाका लागि मात्रै झन्डै ३ करोड ५० लाख खर्च हुने प्रारम्भिक अनुमान गरिएको भोजन समितिका संयोजक सुरेन्द्र पाण्डेले बताए। 

images
images

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको बसोबासका लागि तीन ठाउँमा बसोबासको व्यवस्था गरिने भएको छ। यही मङ्सिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ गरिएको कांग्रेसले जनाएको छ। 

images
images
images

अहिलेसम्म ३ हजार ८ सय प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिएका छन्। महाधिवेशनमा ४ हजार ७ सय प्रतिनिधि सहभागी हुने र आवश्यक बाँकी होटल बुकिङका लागि पनि काम भइरहेको उनले बताए। 

images

यसका साथै समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार जनाका लागि भोजनको व्यवस्थासमेत गर्न लागेको छ। 'अनुपम फुडल्याण्ड बत्तीसपुतली र दियालो फुडल्याण्ड बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ', संयोजक पाण्डेले बताए। उनका अनुसार मंसिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था गरिएको छ। 

images
images

महाधिवेशन प्रतिनिधिलाई बिहान र बेलुकी खानाका साथै दिउँसोको खाजा खुवाउने तयारी छ। आवास र खानाका लागि मात्रै झन्डै ३ करोड ५० लाख खर्च हुने प्रारम्भिक अनुमान गरिएको भोजन समितिका संयोजक पाण्डेले बताए। 

images
images

महाधिवेशन प्रतिनिधिका लागि उनीहरू बस्ने होटलदेखि महाधिवेशनस्थल भृकुटीमण्डपसम्म आउन जानका लागि १ सय ५० भन्दा बढी गाडी परिचालन गरिने तयारीसमेत भएको छ। शालीन ढंगले कार्यक्रम गर्ने र सहरको यातायात आवागमनमा समस्या नपरोस् भन्नेमा विशेष ख्याल राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। 


प्रकाशित : मंगलबार, मंसिर २१ २०७८०७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend