शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

टाटा मोटर्सको भ्यालेन्टाइन एक्सचेञ्जमा पुरानो गाडी दिएर नयाँ गाडी चढ्ने अवसर

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २६ २०८०
images
images
टाटा मोटर्सको भ्यालेन्टाइन एक्सचेञ्जमा पुरानो गाडी दिएर नयाँ गाडी चढ्ने अवसर

ग्राहकको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको हो।

images
images

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजबाट भ्यालेन्टाइन स्पेशल ‘एक्सचेञ्ज विथ लव’ कार्यक्रमको आयोजना गरिरहेको छ।  

images
images
images

आजबाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभीलगायतका गाडीहरु साट्न सकिनेछ। 

ग्राहकको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको हो। उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स् महाराजगञ्ज र जेबी मोटर्स् बालकुमारी र उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेशनल, नेपालगञ्ज, नारायणघाटमा रहेको एसएच मोटर्सलगायत नेपालभरी रहेका टाटाका शोरुमहरुमा आयोजना भइरहेको छ। 

images

यस एक्सचेञ्ज वीद लव कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन्। यस कार्यक्रमको मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको कम्पनीको भनाइ छ। 

images

यस कार्यक्रमको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनी उपभोक्तालाई आग्रह गरेको छ। 


प्रकाशित : शुक्रबार, माघ २६ २०८०१२:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend