शुक्रबार, फागुन १८ गते २०८०    

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

images
images
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बिहीबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घटेको छ भने चाँदी आज प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

images

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुईसय रूपैयाले बढेको छ। यो साता लगातार तीन दिन घटेर बुधबार बढेको सुनको मूल्य बिहीबार पुन: घटेको हो। 

images
images

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार चारसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images

बुधबार स्थिर रहेको चाँदीको मूल्य पनि आज सामान्य घटेको छ। महासंघका अनुसार चाँदी आज तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

images


प्रकाशित : बिहीबार , माघ २५ २०८०११:०६

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ