शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

झिमरुक गाउँपालिकाले सडकमा निर्माण सामग्री राख्न नदिने, १० दिनभित्रमा हटाउन आग्रह

images
बुधबार, माघ २४ २०८०
images
images
झिमरुक गाउँपालिकाले सडकमा निर्माण सामग्री राख्न नदिने, १० दिनभित्रमा हटाउन आग्रह

प्युठान नगरपालिकाले पनि सडक खाली गराउने अभियान कठोरतापूर्वक कार्यान्वयन गर्ने बताएको छ।

images
images

प्युठान- झिमरुक गाउँपालिकाले पालिकाका बजार क्षेत्रभित्रका सडकमा कुनै किसिमका निर्माण सामग्री राख्न नदिने भएको छ। 

images
images
images

प्युठान नगरपालिकाको सीमा देखि अर्घाखाँची र गुल्मको सिमानासम्म पलिकाले आवागमन सहज बनाउन सडक खाली गराउने जनाउँदै १० दिन भित्रमा राखिएका सामान हटाउन सम्बद्ध सबैमा आग्रह गरेको छ।

images

स्थानीयले सडकमा जथाभावी निर्माण सामग्री थुपारेर आवागमन असहज भएपछि पालिकाले आज एक सूचना निकालेर सडकमा अनधिकृतरुपमा ढुंगा गिटी, बालुवा, छड, सिमेन्ट, व्यावसायिक सामग्री पसलदेखि सडकसम्म राख्ने, सवारी मर्मतका नाममा बाटो अवरोध गर्नेलागतय गतिविधि गर्न नपाइने बताएको छ।

images
images
images

झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर महतरा क्षेत्रीले गाउँपालिकाले सार्वजनिक क्षेत्रमा बनाइएका संरचना, सडक मिचेर बनाइएका संरचना हटाउन कार्यविधि निर्माणको प्रक्रिया प्रारम्भ भएको बताए।

यसैबीच प्युठान नगरपालिकाले पनि सडक खाली गराउने अभियान कठोरतापूर्वक कार्यान्वयन गर्ने बताएको छ। रासस


प्रकाशित : बुधबार, माघ २४ २०८०१८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend